नरहरीनाथ गाउपालीका वडा नंः ५ मा मुख्यमन्त्री रोजगारमा चरम अनियमितता
Jul Thu 2021 04:29:12
1891 views
मुख्यमन्त्री
रोजगार कार्यक्रममा चरम अनियमितता भएको पाइएको छ । जिल्लाको नरहरिनाथ
गाउँपालिका–५ मा मुख्यमन्त्री रोजगार कायक्रममा चरम अनियमितता भएको हो । नहररिनाथ
गाउँपालिकामा जम्मा ५५ लाख रुपैया मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि
विनियोजित गरिएको थियो । स्थानीय जनप्रतिनिधि र कर्मचारीको मिलेमत्तोमा
लार्खौ रकम अनियमितता भएको भन्दै नागरिकले आन्दोलित भएका थिए । वडा नं ५ का
वडाध्यक्ष गगनबहादुर फडेरा (सिर्जन) र केही प्राविधिक मिलेर लाखौ रकम
अनियमितता गरेको स्थानीय नागरिकको आरोप छ । इलाका प्रहरी कार्यालय
कुमालगाउँमा सर्वदलिय बैठक बसाली जनप्रतिनिधि र कर्मचारीले अनियमितता गरेको
रकममा छानविन गर्ने निर्णय समेत गरेको छ । स्थानीय कामदारलाई १५ हजारका
दरले रकम दिने र बाकी रकम आफुले खाने मनसायले सुरु गरिएको कर्मचारी र
जनप्रतिनिधिको योजना नागरिकले चक्नाचुर पार्दिएका छन् । मुख्यमन्त्री
रोजगार कार्यक्रममा जम्मा ५५ लाख रकममध्ये ५१ लाख १७ हजार ९ सय ६० निकासा
भएको थियो । सामान खरिदमा ४ लाख ६६ हजार खर्च गरिएको छ । प्राविधिक खर्च
भन्दै ५ लाख ५८ हजार रकम अनियमितता भएको नागरिकले गुनासो गरेका छन् ।
उपभोक्ता समितिको व्यवस्थापन भन्दै २ लाख ९७ हजार खर्च गरिएको छ । उपभोक्ता
समितिको व्यवस्थापन र प्राविधिक खर्च अनियमितता भएको ठहर नागरिकको छ ।
नेपाल सरकारबाट सेवासुविधा खादै आएका कर्मचारीले प्राविधिक खर्च भन्दै मोटो
रकम असुल्नु अनियमितता नै भएको हो । प्रति ब्यक्ति २४ हजारका दरले वितरण
गर्नु पर्ने रकम १५ हजारका दर वितरण गर्न लाग्दा स्थानियवासिले रकमको छलफल
नहुदा सम्म वाड कार्यालय खोल्न नदिने भन्दै स्थानिय वासिले वडा कार्यालय
मा ताला लगाएका थिए । उल्टै वडा अध्यक्ष गगन फडेराले नै आप्ना आसेपासे
जयजयकार गर्ने लाई मदिरा खवाएर वडा कार्यालयको ताला आफै फोडि आफै तोेडफाड
गरेको वुद्धिजिवि दिलिप कुमार सहकारीले वताउनु भयो । आफै वोक्सि आफै
झाँक्रि भनेझै आफै वडा कार्यालय तोडफेड गर्ने आफै वडा कार्यालय तोडफेड भयो
भनेर एकलौटी तरीकाले प्रहरी मुचुल्का गर्नु वडा अध्यक्ष पदको अपमान भएको
वडा नंः ५ का स्थानिय वासिले वताएका छन । वडा अध्यक्ष फडेरोका समर्थकले
छलफलमा नै समाजमा पच्न नसक्ने अस्लिल शब्द प्रयोग गर्दा सामान्य झडप समेत
भएको थियो ।
मुख्यमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना गर्न खोजेको
भन्दै स्थानियवासिले वडा नंः ५ को वडा कार्यलायमा ताला समेत लगाएका थिए ।
दुर्ग सहकारी लगाएतका काम गर्ने कामदारलाई उल्टै एउटा सरकारी कर्मचारीले
हातपात गरेको स्थानिय पवन वोगटी वताउनु भयो । वडा अध्यक्ष फडेराका पक्षले
आफुहरुले कुनै गलत नगरेको वताएका छन । राजनैति पुर्वाग्रह राखि आफुहरु संग
जहिले पनि विना कारण वाँझिन खोजेको अध्यक्ष फडेराले वताउनु भयो ।
वडाध्यक्षको नागरिकलाई धम्की ।
वडा
अध्यक्ष गगन वहादुर फडेराले (सिर्जन) ले आफु संग वढि निहु खोज्नेका हात
खुटटा भााच्नुका साथै वस्ने घरमानै आगो लागाइदिने जस्ता शब्दहरु प्रयोग
गरेको छलफलमा सहभागि एक जना स्थानिय वासिले नाम नबताउने सर्तमा एक
स्थानीयले गुनासो गरे । आफ्नो विरुद्धमा कोही बोलेमा घरमा आगोसम्म लगाउने धम्की वडाध्यक्षले दिएको स्थानीयको भनाई छ । आफुले रकम अनियमितता गर्न पाएन भन्दै वडाध्यक्षले नागरिकलाई धम्की दिने गरेको अनुमान गरीएको छ ।