Breaking News

जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान , अव अक्सिजनको अभाव नहुने महतको भनाई ।

Jul Thu 2021 06:15:10

104 views

जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान , अव  अक्सिजनको अभाव नहुने महतको भनाई ।
  1. साउन ७ कालिकोट ।
    स्वास्थ्य सेवा कार्यालय कालिकोटमा दैनिक ४० लि.को ४०–५० वटा सिलिन्डर अक्सिजन ग्यास भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट जडान गरीएको जिल्ला स्वास्थ कार्यालय कालिकोटका निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक कटक महतले बताउनुभयो ।   कालिकोट जिल्लामा अक्सिजनको अभाब मा कोहि कसैले पनि ज्यान गुमाउनु नपर्ने बताउनुभयो ।कोभिड विशेष अस्पताल मान्ममा क्षयरोग निदानको आधुनिक तथा नयाँ प्रबिधिका लागि Gene X–pert मेसिन समेत installation गरिएको छ । स्वास्थ्य सेवाको क्षेत्रमा  निकै ठुलो उपलब्धि भएको महतले वताउनुभयो । निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक महतले यसको लागि मुख्यमन्त्री महेन्द्र बहादुर शाही, मन्त्रालयका सचीव ,सामाजिक बिकास मन्त्रालय , निर्देशक ,स्वास्थ्य सेवा  निर्देशनालय , राष्ट्रिय क्षयरोग केन्द्र लगायत सहयोग गर्ने सबैब्यक्ति तथा संस्था प्रति हार्दिक आभार सहित धन्यवाद दिनु भयो ।अब प्लान्ट र मेसिन सन्चालनका लागि पर्याप्त बिधुत्त आपूर्तिको आवश्यक भएकोले सो को लागि नियमित बिधुत्त आपूर्तिमा ध्यान दिन सम्बन्धित सबैमा अनुरोध समेत गर्नु भएको छ । लकडावनको बेला जिल्लामा अक्सिजन को अभावमा कोभिडका बिरामी लाई रिफर समेत गरिएको थियोे ।

     



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर