Breaking News

फ्लोर क्रस गर्ने सांसदहरुलाई आममाफी दिने: अध्यक्ष केपी शर्मा ओली

Jul Thu 2021 02:28:09

168 views

फ्लोर क्रस गर्ने सांसदहरुलाई आममाफी दिने: अध्यक्ष केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने सांसदहरुलाई आममाफी दिने घोषणा गर्नुभएको छ ।


पुष्पलाल स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनुलाई अक्षम्य अपराधको संज्ञा दिँकदै बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गर्नुभएको हो ।


उहाँले पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिँदै सबैलाई एक भएर अघि बढ्न पनि आह्वान गर्नुभयो । झण्डै एक घण्टा लामो सम्बोधन गर्नुभएको ओलीले एमालेलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।


पुष्पलालले रोपेको र मदन भण्डारीले स्याहार सुसार र प्रवलीकरण गरेको उल्लेख गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर