Breaking News

आफूले बनाएको घरमा अपमान सहेर बस्न नसकिने: माधव नेपाल

Jul Thu 2021 02:25:40

192 views

आफूले बनाएको घरमा अपमान सहेर बस्न नसकिने: माधव नेपाल


नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले बनाएको घरमा अपमान सहेर बस्न नसकिने बताउनुभएको छ ।


उहाँले आफूहरुले कुनैपनि गल्ती नै नगरेकोमा आममाफीको आवश्यकता नरहेको पनि प्रष्ट पार्नुभयो । नेता नेपालले आफूहरुले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएको सर्वोच्चको फैसला अनुकुल रहेको पनि बताउनुभयो ।


पुष्पलाल स्मृति दिवसको अवसरमा आज काठमाडौंको चम्पादेवीमा आयोजित कार्यक्रममा नेता नेपालले कम्युनिष्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको उल्लेख गर्नुभयो ।


गलत कुरालाई स्वीकार गरेर शिर निहु¥याएर बस्नु दास हुनु भएको भन्दै उहाँले सबैको मर्यादा राख्नुपर्ने र अरुको अपमान गर्ने मान्छेहरुले समाजको अपमान गर्ने हुँदा त्यसलाई कुसन्तान भन्ने गरिएको पनि जिकिर गर्नुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर