Breaking News

बराँतु गाउँदेखि घट्टेखोला सम्मको सडक निर्माण कार्य सम्पन्न ।।

Jul Thu 2021 02:13:59

334 views

बराँतु गाउँदेखि घट्टेखोला सम्मको सडक निर्माण कार्य सम्पन्न ।।


कालिकोट, 

जिल्लाको खाडाचक्र नगरपालिका वडा नं. ११ मा रहेको बराँतु गाउँदखि घट्टेखोला सम्मको सडक निर्माण कार्य विहिवार सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा उक्त सडक निर्माण कार्य सम्पन्न भएको हो ।


१ करोड लागतमा बरातु गाउँदेखि खट्टेखोला सम्म स्काभेटर लगाएर सडक निर्माण गरिएको स्थानिय जिवन गिरीले बताए । उनका अनुसार उक्त सडक मान्मा वजारवाट बाजुराको साप्पाटा सम्म जोडिने बताए । 


जिल्लाको खाडाचक्र नगरपालिका, पचालझरना गाउँपालिका, पलाँता गाउँपालिका हुदै र वाजुराको सम्म जोडिने बताए । उक्त सडक निर्माणका लागि खाडाचक्र नगरपालिकाले यस आर्थिक वर्षमा १ करोड २० लाख वजेट समेत विनियोजन गरेको छ । 


उक्त सडक निर्माण गर्नका लागि विगत लामो समयदेखि प्रयास रहेपनि सम्वन्धित निकायले ध्यान नदिएको स्थानियले बताएका छन । पावर पहुँचको आधारमा मात्र योजनाहरु आउने हुँदा उक्त सडक खण्डले तिव्रता नपाएको स्थानियको भनाई छ । 


अहिले गाउँमा नै सडक पुगेपछि बराँतु गाउँमा उतपादन भएको तरकारी तथा फलफुल वजार सम्म लिएर विक्री गर्न समेत सहज भएको छ । यस्तै स्थानियले आगामी दिनमा यस सडक खण्डलाई तिव्रताका साथ कामलाई अगाडी बढाउन सरोकोरवाला निकाएको ध्यानकर्षण गराएका छन । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर