Breaking News

नेपाल पक्षले भन्यो, नेताहरु विरुद्धका नाराबाजी रोकेर एकताको कामलाई अघि बढाउ

Jul Wed 2021 12:49:03

39 views

नेपाल पक्षले भन्यो, नेताहरु विरुद्धका नाराबाजी रोकेर एकताको कामलाई अघि बढाउ

 नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुले भने नेताहरु विरुद्धका नाराबाजी रोकेर एकताको कामलाई अघि बढाउन अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका छन् ।


नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकतामा जोड दिएको छ । माधवकुमार नेपालसहितका नेताहरुविरुद्ध भइरहेको नाराबाजी रोकेर एकताका लागि गम्भीरताका साथ प्रयास गर्न आग्रह गरेको छ ।


बानेश्वरमा आज बसेको खनाल–नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले एकताका लागि वार्ता र १० बुँदे सहमति भएको अवस्थामा सांसदहरुलाई स्पष्टीकरण सोध्ने काम गलत भएको निष्कर्ष निकालेको छ ।



एकता वार्ता चलिरहेको र १० बुँदे सहमति भएको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी गर्दै पुत्ला जलाउने साथै सर्वोच्च अदालतको फैसला अनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने काम तत्काल रोकिनु पर्ने बारेमा बैठकमा छलफल भएको थियो । 


बैठकद्वारा पारित प्रस्तावमा भनिएको छ, ‘एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थमा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारा जुलुस गर्ने एवं पुत्ला जलाउनुका साथै संविधान र सर्वोच्च अदालतको फैसला अनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने र उनीहरुविरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्छ ।


यस्ता गलत र उत्तेजक कार्यविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अगाडि बढाउन यो बैठक पार्टी अध्यक्ष कमरेडको ध्यानाकर्षण गराउँछ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर