बाजुरा -
हिमाली गाउँपालिकाका वाढि पहिरो पीडितलाई राहत वितरण गरिएको छ । हिमाली गाउँपालिका क्यूडीका ९९ घर परिवार र फैतीका २७ घर परिवार गरि जम्मा १ सय २६ घरपरिवारलाई राहत वितरण गरिएको छ ।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल उपाध्यक्ष चन्दादेवि बुढा, वडा अध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारी कार्यपालिका सदस्य नेपाल रेडक्रस सोसाईटी रुगीन उपशाखाका सभापति जय बहादुर भण्डारी सुरक्षाकर्मी लगायतको उपस्थितीमा वाडि पहिरो प्रभावित घरपरिवारलाई राहत वितरण गरिएको हो ।
हिमाली गाउँपालिका, यूनिसेफ नेपालको र रेडक्रस जिल्ला शाखाको सहयोगमा पाल एक थान, कम्वर १ थान, सरसफाईका सामाग्री एक थान, बाल्टिन जग वितरण गरिएको हो । वाडि र पहिरोवाट विस्थापित भएका १ सय २६ घर परिवारहरुलाई थोरै भएपनि सहयोग पुगोस भनेर राहत उपलब्ध गराएको रेडक्रस उपशाखा रुगिनका सभापति जय बहादुर भण्डारीले बताउनु भयो ।
विभिन्न संघ संस्थाले वाढि पहिरो प्रभावितलाई गरेको सहयोगले गास र वासका लागि ठूलो सहयोग मिलेको गाउँपालिका अध्यक्ष गोविन्द मल्लले बताउनु भयो । उहाँले जोखिमको बेला स्थानिय निकायसँग समन्वय गरेर राहत उपलब्ध गराएको प्रति खुसि ब्यक्त गर्नुभएको छ ।
1 month ago