Breaking News

जन्म दिनको अवसर पारेर अध्यक्ष बमले गरे भिडियो एक्सरे मेसिन हस्तान्तरण ।।

Jul Wed 2021 07:02:45

164 views

जन्म दिनको अवसर पारेर अध्यक्ष बमले गरे भिडियो एक्सरे मेसिन हस्तान्तरण ।।


कालिकोट- पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले आफ्नो जन्म दिनको अवसरमा भिडियो एक्सेरे मेसिन हस्तान्तरण गरेका छन । 


पलाँता गाउँपालिका वडा नं. ८ मा रहेको सरुवा रोग शाखा खिर्पीलाई आफ्नो जन्म दिनको अवसर पारेर भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेका हुन । 


अध्यक्षले बमले केहि दिन पहिले उक्त सरुवा रोग शाखाको बैठकमा भिडियो एक्सरे मेसिन जडान गर्ने निर्णय गरेका थिए । निर्णय गरेको एक हप्ता नवित्दै अध्यक्ष बमले आफ्नो जन्म दिनको अवसर पारेर भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेका हुन ।


अध्यक्ष बमले प्रतेक बर्ष आफ्नो जन्म दिनको अवसरमा पालिकामा कुन चिजको आवश्यकता छ त्यहि आवश्यकता पुरा गर्न आफुले सहयोग गर्ने गरेको बताए । शाखाका निमित्त प्रमुख विमल विश्वकर्मालाई मेसिन हस्तान्तरण गर्दै उपकरणको सहि तरिकारले सदुपयोग गर्न आग्रह गरेका छन ।


उनले यहि मेसिनवाट ग्रामीण ईलाकाका नागरिकहरुको स्वास्थ्य सेवाका लागि सहज हुने बताउँदै, स्वास्थ्य सेवामा निरन्तर लागिरहन समेत आग्रह गरेका छन ।


निमित्त शाखा प्रमुख विश्वकर्माले विरामीको उपचारका लागि र रोग परिक्षणका लागि समेत उक्त मेसिनले ठूलो सहयोग पुग्ने बताए । अव पलाँताका नागरिकहरुको भिडियो एक्सरे गर्नका लागि सदरमुकाम मान्म सम्म धाउनु नपर्ने समेत बताए । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर