Breaking News

३९ औँ विपी स्मृति दिवसको अवसरमा नेपाली काग्रेंस कालिकोटले गर्यो कोरोना संक्रमितलाई फलफुल वितरण ।।

Jul Wed 2021 06:35:40

104 views

३९ औँ विपी स्मृति दिवसको अवसरमा नेपाली काग्रेंस कालिकोटले गर्यो कोरोना संक्रमितलाई फलफुल वितरण ।।

कालिकोट- 

नेपाली काग्रेंसका संस्थापक एंव देशको प्रथम जननिर्वाचित प्रधानमन्त्रि विश्वेस्वरप्रसाद कोईरालाको ३९ औँ स्मृति दिवसको अवसरमा नेपाली काग्रेंस कालिकोटले कोभिड अस्पताल कालिकोटमा रहेका कोरोना संक्रमितलाई फलफुत वितरण गरेको छ । नेपाली काग्रेंस केन्द्रीय निर्णय अनुसार आज ३९ औँ विपी स्मृति दिवस ७७ वटै जिल्लामा विभिन्न कार्यक्रम गरि मनाउने निर्णय गरेअनुसार आज नेपाली काग्रेंस कालिकोटले कोरोना संक्रमितलाई फलफुल वितरण गरेको हो । 


नेपाली काग्रेंस कालिकोटमा सभापति हर्ष बहादुर बम, पुर्व सभापति मुक्ति प्रसाद न्यौपाने, महासमिति सदस्य प्रेम बहादुर शाही, सहचिव दमन बहादु र शाही, जिल्ला कमिटि सदस्य नमराज बम कर्यालय सचिव हरिस वोगटि लगाएतका नेता तथा कार्यकर्ता, नेपाली काग्रेंस निकट भातृ संघ संगठनका पदाधिकारी लगायतको सहभागितामा आज कोरोना संक्रमित विरामीलाई कोभिड अस्पताल पुगेर फलफुल वितरण गरेको हो ।


साथै पार्टि कार्यालयमा बि पि कोरोईरालाको फोटोमा माल्यार्पण गरेर ३९ औँ बि पि स्मृति दिवस मनाएको कार्यालय सचिव हरिस वोगटिले बताए । उनले  बि पि कोईरालाको सम्झनामा हरेक वर्ष नेपाली कागेंसले विभिन्न कार्यक्रम संचालन गर्दै आएको र यस वर्ष पनि कोरोना संक्रमितलाई फलफुल वितरण गरि मनाएको बताएका छन । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर