Breaking News

सुदूरपश्चिम प्रदेश को ११ महिनामा १३ अर्व खर्च १ महिनामा १० अर्व ।।

Jul Tue 2021 12:43:56

129 views

सुदूरपश्चिम प्रदेश को ११ महिनामा १३ अर्व खर्च १ महिनामा १० अर्व ।।

सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७÷०७८ मा खर्च गर्न नसकेको साढे ११ अर्ब फ्रिज भएको छ । ३४ अर्ब ६४ करोड ४९ लाख कुल बजेटमध्ये सरकारले २३ अर्ब १४ करोड ५४ लाख (६६.८१ प्रतिशत) मात्रै खर्च गर्न सकेको हो भने बाँकी साढे ११ अर्ब फ्रिज भएको हो।


पुँजीगततर्फ ७० प्रतिशत र चालूतर्फ ६३.६८ प्रतिशत मात्रै खर्च भएको हो। प्रदेश सरकारले कुल खर्चमध्ये २७ प्रतिशतभन्दा बढी रकम असारमा मात्रै खर्च गरेको छ। जेठसम्म प्रदेश सरकारले १३ अर्ब ४५ करोड ५१ लाख बजेट खर्च गरेको थियो। प्रदेश सरकारले असारमा थप १० अर्ब खर्च गरेको हो।


पछिल्लो केही वर्ष यता ठूला तथा गौरवका योजनाहरुको प्रगति सन्तोषजनक नहुँदा ठूलो रकम फ्रिज जान थालेको हो। कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा पनि प्रदेश गौरवका योजनाहरुको खर्च सन्तोषजनक रुपमा हुन सकेन्।


‘प्रदेश गौरवका योजनाहरुको प्रगति खासै राम्रो छैन्। त्यसैले प्रगति कम देखिएको हो।’ प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख बासुदेव जोशीले भने। पुँजीगत बजेट बढी खर्च गर्ने प्रदेशका मन्त्रालयहरुले पनि आर्थिक वर्ष २०७७÷०७८ मा ठूला योजनाको सन्तोषजनक प्रगति नभएको उनले स्वीकार गरेका छन् ।


प्रदेश गौरवका योजनाहरुको ठेक्का बहु–वर्षीय हुने गरेका कारण पनि खर्च कम देखिएको प्रदेशको भूमि, व्यवस्था सहकारी तथा कृषि मन्त्रालयका प्रवक्त डा. हेमराज अवस्थीले बताए। असारमा बढि खर्च हुनुमा भने भुक्तानी अन्तिममा हुनु नै हो भन्छन् अवस्थी। ‘कतिपय योजनाहरुको काम भएपनि भुक्तानी असारमा मात्रै हुन्छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर