Breaking News

“कुणा सुन्नु बुढाको, आगो ताप्नु मुणाको ” बुढापाका सँग भेटघाटमा ब्यस्त अध्यक्ष बम ।

Jul Mon 2021 04:56:35

64 views

“कुणा सुन्नु बुढाको, आगो ताप्नु मुणाको ” बुढापाका सँग भेटघाटमा ब्यस्त अध्यक्ष बम ।




स्थानिय तहको निर्वाचन पश्चात निर्वाचीत जनप्रतिनिधि आफ्नो कार्यकाल सकिनु अघि स्थानिय तहको विकास र निर्माणमा चासो देखाउन थालेका छन । विगतमा गर्दै आएका निति तथा कार्यक्रमले नागरिकहरुको आवश्यकता र समृद्धिको सपना पुरा भए नभएको अवस्था बुज्नका लागि नागरिकहरु भेटघाट तथा छलफल प्रक्रियामा रहेका छन पलाँता गाउँपलिका अध्यक्ष लक्ष्मण बम ।

कालिकोट जिल्लाकै विकट पालिका भनेर चिनिने पलाँता गाउँपलिका अहिले स्थानिय तहको सरकार पछि बदलिएको छ । शुक्खा पलाँता भनेर चिनिने पलाँता अव शुक्खा पलाँता नभएर जिल्लाकै नमुना पलाँता वनाउने अभियानमा लागिरहेका छन अध्यक्ष लक्ष्मण बम ।


उनले पलाँता गाउँपालिकाको विकास, समृद्धि र नागरिकहरुको जिवन स्तरका उकास्नका लागि उनि हर पल नागरिकहरुको साथमा नै देखिन्छन । उनले प्रतेक सामाजिक संजाल मार्फत पलाँताको नागरिकहरुसँग भेटघाट तथा विभिन्न योजनाहरुको उद्घाटन गरेको फोटो सार्वजनिक गर्दै आएका छन । उनले सामाजिक संजालमा मार्फत मात्र हैन त्यहाँका नागरिकहरुले नै पलाँता अध्यक्षले गरेका कामहरुको वारेमा प्रशंसा गर्न थालेका छन । 


पछिल्लो समय पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले गाउँपालिकामा रहेका बृद्धबृद्धा सँग पलाँताको विकास र समृद्धिको लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफलमा जुटेका छन । उनि अहिले बृद्धबृद्धा सँग प्रतेक वडा टोलमा पुगेर छलफल तथा सुझाव लिइरहेको अध्यक्ष बमले बताएका छन ।

पलाँता गाउँपालिकाको समृद्धि र विकासका लागि अझै के गर्न आबश्यक छ भन्ने विषयमा गाउँपालिकामा रहेका बृद्धबृद्धासँग लछफलमा जुटिरहेको उनले बताए । उनले भने , समाजमा एउटा उखान छ । “कुरा सुन्नु बुढाको, आगो ताप्नु मुणाको ” भन्ने उखान सम्झेर आज बुढापाकाको उपदेस लिईरहेको छु । मलाई विश्वार छ । उहाँहरुको त्यो उपदेस र सल्लाह र सुझावले पलाँताको विकास र निर्माणमा थप सहज हुने छ । 


साथै बुढापाकाको समस्या के छन भनेर पनि छलफल गरिएको उनले बताएका छन । उनले बृद्धबृद्धाका समस्यालाई बुझेर समाधान गर्ने समेत अध्यक्ष बमले बताए । उनले अव आफ्नो कार्यकाल सकिनु पुर्व नै पलाँताको विकास र समृद्धिका लागि आफुले चुनावमा वोलेको सबै कुरा गर्ने बताए । उनले चुनावको वेला भोट माग्नका लागि मात्र भाषण गरेको भन्नेका लागि आज पलाँताको विकास र निर्माणले तिनिहरुको जवाफ फर्काएको अध्यक्ष बमले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर