Breaking News

भोट हाल्दैमा समर्थक हुदैन भोटको रक्षा गर्न सक्ने हुनु पर्छ - लक्ष्मण बम ( पलाँती कान्छा )

Jul Mon 2021 04:22:36

109 views

भोट हाल्दैमा समर्थक हुदैन भोटको रक्षा गर्न सक्ने हुनु पर्छ - लक्ष्मण बम ( पलाँती कान्छा )


  आज नेपाली रानितिमा कतिखेर के हुन्छ कसैलाई थाहा हुन्न न राजनिती गर्ने नेतृत्व सँग न समर्थन गर्ने समर्थकले आकलन सम्म नसक्ने र यश प्रतिको अबिस्वासको खाडल बनेको छ । 

 राजनिती शब्द सुन्दा कोहि तर्सिने त कोहि अपमानितको सिकार हुने बाताबरण बनेको छ जनताले राजनिती गर्ने मान्छे झुट बोल्छन आफ्नो कुर्चिको लागि जे पनि गर्छन भन्छन यी सब्दले जनता र नेता बिचको ठूलो खाडल पैदा भएको छ । को कस्को सपोर्ट गर्छ त्यस्को वास्तविक कम्जोरि पत्ता लगाएर बिपरित कृयाकलाप गर्न बाध्य बनाउने परिपाटि ले आज नेपाली राजनिको यात्रा बिपरित धुर्बतिर धकेलिदैछ ।


किन सचेत छैन नेतृत्व रु किन प्रयोग हुन्छ समर्थक रु किन स्थिर रहदैन सामिप्यता रु किन प्रेम छैन कोहि प्रति रु के का लागि गरिदैछ नेपाली राजनिति रु किन लाग्छ गुलाम को आरोप रु संका मात्र किन गर्ज जो कोहि ले रु सकरात्मक सोच हटाईएकै हो त रु अझै वास्तविक नगरिकको भुमिका निर्बाहा नगर्न सक्ने नै हो त रु आज जो कोहिमा यहि प्रस्न हरुले दिमाग हलचल गरिरहेकै छ । हामी रोष्टममा उभिता हामी सचेत हुन जरुरि छ अबसरबाद बाट माथि उठ्नै पर्छ भनेर घोक्रो सुकाउछौ तर नाता गोता आसेपासेबाट लतपतिएर पाईला सार्न नसक्ने बनेकै छौ ।


अर्को कुरा जनता ले भेटमा सुझाब दिने गर्छन सहि र गलत छुट्याउनु होला नराम्रो कुरामा आफ्नो नभन्नु होला भनेर तर हत्या गरेर हत्कडि लाग्दा उन्मुक्ति चाहियो भनेर धर्ना दिने र सपोर्ट नगरे बिरुद्ध मा लाग्ने यो चलन छ यो सहि छत रु अह छैन यो हुन सक्दैन आफ्नो अर्ति काफि छैनर छ । गलत कुराको बिरुद्ध मा बोल्नु होला रक्सि खाने ,गाँजा खाने , चोडि ,डकैति ,लफाङ्गागिरि गर्ने , जुवातासमा बेस्त हुने , बलत्कारमा झोसिने अनि बचाउन नेतृत्व लाई भोटको धाक दिने र घेराउ गर्ने परिपाटिले के हजुरको कुरसल नेतृत्व वा सहि नेता रहन्छत रहन सक्दैन त्यो त्यहि हुन्छ जो हिजो योगदान र बलिदानिले फालेको ब्याक्ति वा सासक वा गलत नेतृत त्यसैले आफ्न्त र शुभ चिन्ताजनक ले सहयोग गर्दा वचाउन घेराउ हैन बाबा को हावा चल्नु पर्छ अनि मात्र असफल समर्थक हुन सक्छ ।


आज भ्रष्टाचार , उदन्डकारि अराजक र गलतकार्य गरेर आएको कार्यकर्ताको बचाबट गर्न सक्यो भने मात्र असल नेता हुने अनि हालेको भोटको सहि मुल्यांकन हुने । यहाँ कार्य कर्तालाई गुणस्तरीय बनाउन कामको जिम्मा दिन सकिन्छ तर मिलाएर खाने दाम को जिम्मा दिन सकिँदैन यस्तो सोच र चिन्तन को अन्त्य हुनै पर्छ । नत्र मन्चमा एक र फ्रोममा अर्को हुन्छ र एक अध्याएपछि अध्याएको अन्त्य सँगै बलिदानि र योगदानि पनि अन्त्य हुने गरेको छ त्यसैले निरन्तरता पाउछ  । क्रान्ति को अर्थ रहदैन आज यो परिवर्तनको को आबाज उठिरहेको बेला सचेत नागरिकले व्यापक बहस गरेर दृघकालिन राजनिती को यात्रा तय गर्न जरुरि छ ।


यो नेपाली राजनितिमा पटक पटकको आन्दोला क्रान्ति ले रगत बगाउने पसिना बगाउने त्यो रगत र पसिनाले बनाएको महल भित्र पसेपछि सुख शान्ति मा फसेर विश्राम सुरु गर्ने परिपाटिले मुलुक संकटमा फसेको हो । नेतृत्व जहिले पनि दुरदर्सि चलायामान र त्यागी हुनुपर्छ जब संकट आउँछ त्यस्को नेतृत्व जस्ले गर्न सक्छ त्यसैलाई सहजै हस्तान्तरण गर्नु पर्छ । पहिलेकोले सल्लाह कार हुने र जोस र नयाँ विधि सँग जुध्न सक्नेले नेतृत्व समेमाल्नु पर्छ अनि मात्र आन्दोलनको सिर्जना गर्नु पर्दैन । जनताले नेतृत्व लाई र नेतृत्व ले जनतालाई बिस्वास र समर्थन र खबदारिमा निरन्तरता दिनै पर्छ र त्यो महत्त्वपूर्ण कुरा हो र  मानबिय कर्तव्य र जिम्मेवारी हो ।


पछिल्लो चरणमा केन्द्र सरकारको सडक सदन र सरकारमा रुवाबासि किचलो र कोलाहाल त्यस्तै प्रदेश र स्थानिय सरकारलाई पनि त्यहि सरुवा रोगबाट ग्रसित छ । यस्लाइ उन्मुक्ति दिन आज सबै क्रान्तिकारि एक हुनै पर्छ । एकीकृत जनक्रान्ति जिन्दावाद , अतिवाद र ब्याक्तिबादको अन्त्य गरौ , हाम्रो हैन राम्रो को पक्षमा एक हौ । प्रतिगमन र गुठबाद मुर्दाबाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर