Breaking News

वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष र सचिवका छोराछोरीको मस्ति ।।

Jul Mon 2021 03:46:43

144 views

वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष र सचिवका छोराछोरीको मस्ति ।।


कालिकोट 

सान्नि त्रिवेणी गाउँपालिका वडा नं. ९ को वडा कार्यालयमा वडा अध्यक्ष र वडा सचिवका  छोराहरुको मनपरि भएको पाइएको छ । वडा कार्यालयको वडा अध्यक्षको कार्यकक्षमा वडा सचिव प्रकास कुमार केशी र वडा अध्यक्ष दुर्ग बहादुर केसीका छोराहरु कार्यलयको नियम विपरीत बसिरहेको पाइएपछि स्थानियले वडा अध्यक्षको आलोचना गरिहेका छन । 


सान्नि त्रिवेणी गाउँपालिका वडा नं. ९ का सचिव केशिका छोराछोरी वडा अध्यक्ष छोराहरु अध्यक्षको कार्यकक्षमा वसेर मनपरि तरिकाले मोवाईल चलाएको पाइएको हो । वडा अध्यक्षको कार्यकक्ष भित्र वडा अध्यक्षको कुर्चिमा वसेर टेबुलमा खुट्टा राखेर सरकारी अफिसको दुरुपयोग गरिएको पाइएको छ । 


एउटा वडा कार्यालय , त्यसमाथि पनि वडा अध्यक्षको कार्यकक्षमा वडा सचिवका छोराहरुले अध्यक्षकै कुर्चिमा वसेर टेवुलमा खुट्टा राखेर मोवाईमा इन्टरनेट चलाएको देख्दा वडा कार्यालयमा सेवा लिन आएका सेवाग्राहीले विरोध जनाएका छन । 


सरकारी कार्यालयमा बालबालिकाहरुले कुर्चि र टेवलको दुरुपयोग गर्दा पनि वडा कार्यलयका जनप्रतिनिधि र कर्मचारी बेखवर जस्तै बनेका छन । वडा कार्यलयमा आएका वडा सचिव प्रकाश कुमार केसीले उनिहरुको अनलाईन कलास भएकाले वाईफाईको पासवर्ड उनको मोवाईलमा कनेक्ट गरिदिएको र आफु कार्यालय आउनु भन्दा अगाडी नै कार्यालयमा बालबालिकाले नराम्रो ब्यबहार गरेको बताए । उनले यसका लागि क्षमा पनि मागेका छन । 


आफुहरु भएको बेला यस्तो नहुने गरेको तर आफुहरु नभएको बेला बालबालिकाले यस्तो गर्ने गरेको र जति सम्झाउदा पनि नमानेको वडा अध्यक्ष दुर्ग बहादुर केशीले बताए । उनले वारमवार सम्झाउदा पनि आफुहरु नभएको बेला वाहिर जाने र आफुहरु कामको लागि वाहिर जाँदा अफिसभित्र नै आएर बस्ने गरेको उनले स्विकार गरेका छन । 


वडा कार्यालयमा नै यसरी जथाभावि रुपमा बालबालिकालाई कस्न दिदा वडा कार्यालयमा रहेका कागजात समेत हराउने डर रहेको स्थानियले बताएका छन । वडा कार्यालयले कार्यालयको दुरुपयोग गरेको समेत स्थानियले बताएका छन । आफ्ना आसेपासेलाई वडा कार्यालय इन्टरनेट चालाउनका लागि पासवर्ड दिने गरेको र वडा कार्यालयमा सेवा दिने भन्दा पनि इन्टरनेट चलाउनेको भिड लाग्ने गरेको स्थानियले बताएका छन । 



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर