Breaking News

हिमाली गाउँपालिका वडा नं ७ ले गर्यो सार्वजनिक सुनुवाई ।।

Jul Sun 2021 12:53:27

47 views

हिमाली गाउँपालिका वडा नं ७ ले गर्यो सार्वजनिक सुनुवाई ।।

बाजरा-


हिमाली गाउँपालिका वडा नं ७ ले आज एक कार्यक्रमका विच आर्थिक वर्ष २०७७।०७८ मा भए गरेका कामहरुको वारेमा सार्वजनिक सुनुवाई गरेको छ । पीसविन वाजुराको सहयोग र वडा कार्यालयको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।


  हिमाली गाउँपालिका वडा नं. ७ ले  आर्थिक वर्ष २०७७।०७८ मा वडा स्तरमा भए गरेका विभिन्न योजना र लागतका विषयमा आज नागरिकहरु समक्ष सार्वजनिक गरेको छ । प्रतेक सरकारी निकायले चौमसिक रुपमा सार्वजनिक सुनुवाई गर्नु पर्ने भएपनि कतिपय सरकारी निकायले भने सार्वजनिक सुनुवाई नगरेको पाईएको छ ।


हिमाली गाउँपालिका वडा नं. ७ ले आर्थिक वर्ष २०७८।०७९ का निति तथा कार्यक्रम समेत आज नागरिकहरु समक्ष सार्वजनिक गरेको हो ।


हिमाली गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष जय बहादुर अधिकारी प्रमुख जवाफ देहि बक्ता रहनु भएको सार्वजनिक सुनुवाई कार्यक्रममा कार्यपालिका सदस्य नाम्सरा उपाध्याय, दलित महिला सदस्य बाचु नेपाली, वडा सदस्य विरु विक नेपाली काग्रेंसका प्रतिनिधि सर्पलाल वोगटी, नेकपा एमालेका प्रतिनिधि दान बहादुर अधिकारी समाजसेवि रण बहादुर अधिकारी सुसाशन सहजकर्ता खड्गराज जोशि, हिरा सार्की, धर्मेन्द्र अधिकारी , वाल ब्लव महिला संजाल, यूवा क्लव स्वास्थ्यकर्मी लगाएतको सहभागिता रहेको थियो ।


कार्यक्रमका सहजिकरण रेडियो शिम्भुनाथका अध्यक्ष सर्पलाल गिरीले गर्नुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर