Breaking News

दाम्डिखोला लघु जल बिधुत आयोजनाको अध्यक्ष बमद्धारा उद्घाटन, ।।

Jul Sun 2021 11:13:37

78 views

दाम्डिखोला लघु जल बिधुत आयोजनाको अध्यक्ष बमद्धारा उद्घाटन,  ।।


कालिकोट जिल्लाको पलाँता गाउँपालिका वडा नम्बर ८ स्थित दाम्डिखोला लघु जल बिधुत आयोजनाको आज एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले उद्घाटन गर्नुभएको छ ।


पलाँता गाउँपालिकालाई उज्यालो गाउँपालिकाले वनाउने लक्ष्य अनुसार पलाँता गाउँपालिकाले विभिन्न ठाउँमा लघु जलविधुत आयोजना निर्माण गर्दै बत्ति जलाउन सुरु गरेको छ । आज पलाँता गाउँपालिका वडा नं. ८ मा निर्माण सम्पन्न भएको दाम्डिखोला लघु जलविधुत आयोजनाको उद्घाटन गरेसँगै अवको एक हप्तामा प्रतेक घरमा बत्ति बल्ने गाउँपालिका अध्यक्ष बमले बताउनु भएको छ ।


पलातामा अहिले ५ ओटा लघु जलविद्युत रहेका छ्न । गाउँपालिका अध्यक्ष बमले उदघाटन गरे सङ्गै गाउँपालिकालाइ उज्यालो युक्त गाउँपालिका बनाउने योजनामा गाउँपालिका लागिरहेको बताउनु भयो । दाम्डिखोला लघु जलविधुत आयोजनाले पलाता ७,८ र ९ का प्रतेह घरमा बत्तिको पहुँच पुग्ने अध्यक्ष बमले बताउनु भयो ।


विधुतको उदघाटन हुने भनेपछी उदघाटन कार्यक्रममा पुगेका पलाँता गाउँपालिका – ८ का रत्न रोकायाले विगतलाइ सम्झदै भने, ‘पहिला उज्यालोको व्यवस्था गर्नका लागी झरो ल्याउन जंगल जाँदा एक दिन पुरै काट्नु पथ्र्यो । किताव पढ्नका लागी पनि त्यसैले उज्यालो बनाइ पढ्थ्यौ ।


कहिले काँही ओखर, ढटेलो ओखलमा पेलेर तेलको बत्ति बालेर बसेको समेत याद आउछ । हामी त्यो बेला घरमा कुराकानी गर्दा अब हामी मरेपछी आउछ होला विजुली भनेर कुराकानी गथ्र्यौ ।’ अहिले बुढेसकालमा आफ्नै हातले विजुल्ली बाल्न पाउँदा आफैलाइ खुसी महसुस भएको बताउनु भयो । स्थानिय सरकमर आएपछि आफ्नो जनजिवन नै परिपर्वत भएको उहाँले बताउनु भएको छ । 


उक्त कार्यक्रमा उधम बिकास अधिकृत अर्जुन प्रसाद भट्टराई, बिद्यार्थी नेता खगेन्द्र मल्ल, बिकास निर्माण दल संयोजक कल बहादुर बम (उमेश), उर्जा शाखा प्रमुख कलम बम, प्राबिधिक तपेन्द्र बम लगाएत स्तानिय बासिन्दाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर