Breaking News

हिंसात्मक गतिविधमा वडा अध्यक्षको प्रोत्साहन

Jul Sun 2021 11:04:19

517 views

हिंसात्मक गतिविधमा वडा अध्यक्षको प्रोत्साहन

रमेश कुमार वोगटी

३ साउन, कालिकोट । जिल्लाको नरहरीनाथ गाउपालीका वडा नंः ५ मा मुख्यमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिन भएको खवर प्राप्त भएको छ । नरहरीनाथ गाउपालीका ५ रुप्सा देखि सान्नीत्रिवेणि गाउपालीका  जोड्ने सडक निर्माणको रुकम ५१ लाख १७ हजार ९ सय ६० रुपैया रकमको अनियमितता भएका छ । मुख्यमन्त्रि रोजगार कार्यक्रम को रकमको हिसाव किताव माग्न खोज्दा सडक निर्माण समितिवाट कति वेला ३७ लाख निकासा भएको कति वेला ४५ लाख कति वेला ४९ लाख रकम निकासा गरेको भन्ने गरेको खवर प्राप्त भएको छ ।

पार्दशि तरीकाले रकमको आय ब्यय माग्न खोज्दा उल्टै वडा अध्यक्ष फडेराले निकासा भएको रकमनै फ्रिज गरीदिने धम्कि समेत दिएकोे वडा नंः ५ का स्थानिय वासिले वताएका छन ।  प्रति ब्यक्ति २४ हजारका दरले वितरण गर्नु पर्ने रकम १५ हजारका दर वितरण गर्न लाग्दा स्थानियवासिले रकमको छलफल नहुदा सम्म पैसा नै कामदारलाई वितरण गर्न नदिने वताएका छन। दरवारका सिहहरु गाउमा आउदा गाउका स्थानिय नागरीहरु त्रसितहुनु परेको ५ का स्थानिय वासिले वताएका छन।

उल्टै वडा अध्यक्षले आप्mना केटाहरु लगाएर झडप गर्न खोज्दा २,४ जना सामान्य घाइते समेत भएको नाम नभन्ने सर्तमा एक जना स्थानिय ले जानकारी दिनु भएको छ ।अहिले गाउमा उपझोक्ता समिति भनेको नै वडा अध्यक्षको मिलेमतोमा कमाइ खाने  समिति समेत वनेको छ । मुख्यमन्त्री रोजगारक कार्यक्रमको रकम हिनामिना गर्न खोजेको भन्दै स्थानियवासिले वडा नंः ५ को वडा कार्यलायमा ताला समेत लगाएका छन । यो विषयमा वडा अध्यक्ष संग जानकारी लिन खोज्दा फोन सम्पर्क नै हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर