Breaking News

नेपाली काँग्रेस कालिकोटद्धारा जिल्ला अस्पताल कालिकोटलाई २ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।।

Jul Sun 2021 01:10:29

134 views

नेपाली काँग्रेस कालिकोटद्धारा जिल्ला अस्पताल कालिकोटलाई २ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।।


नेपाली काँग्रेसले कालिकोटले जिल्ला अस्पताल कालिकोटलाई २ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । नेपाली कांग्रेसका महामन्त्री एंब पुर्ब गृहमन्त्री पुर्ण बहादुर खड्काको विषेश सहयोगमा कालिकोट कांग्रेसले जिल्ला अस्पताल कालिकोटलाइ २ थान अक्सिजन कनसन्ट्रेटर मेसिन हस्तान्तरण गरेको छ ।विश्वभरी फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ भयावह रुपमा फैलिरहेको बेला कोभिडका विरामिहरुलाई अक्सिजन प्राप्तिका लागि केहि सहज होस् भन्ने उद्देश्यले  अक्सिजन कनसन्ट्रेटर  मेसिन हस्तारण गरीएको हो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल काँग्रेस कालिकोटका सभापति हर्ष वहादुर बम,पुर्व पार्टि सभापति मुक्ति प्रसाद न्यौपाने, सहसचिव एवम  प्रदेश ख का क्षेत्रिय सभापति दमन वहादुर शाहि, नेता नन्द वहादुर शाही,पटक वहादु शाही,पुर्णसिह,सत्य शाही र पाटी कार्यलय सचिव हरिष वोगटी, लगाएतका नेपाली काँग्रेसका नेता तथा कार्यक्रताको सहभागिता रहेको थियो । उक्त स्वास्थ्य सामाग्री वुझदै स्वास्थ्य सेवा कार्यालयका नि. स्वास्थ्य सेवा ब्यवस्थापक कटक महतले  जनताको  स्वास्थ्य सुरक्षाको सवालमा  सँधै साथ दिदै आएको र कोरोना सुरु भएदेखि नै पटक पटक नेपाली काँग्रेस कालिकोटले स्वास्थ्स सेवा कार्यालय कालिकोटलाई ठुलो सहयोग गरेकोमा धन्यवाद दिदै आगामि दिनहरुमा पनि यस्तै सहयोगको आशा र अपेक्षा गरेको  वताउनु भयो । उक्त हस्तान्तरण कार्यक्रममा वोल्दै पाटी सभापति हर्ष वहादुर बमले स्वास्थ्य क्षेत्रमा नेपाली काँग्रेस कालिकोटले संधै स्वास्थ्य सेवा कार्यालय कालिकोट संग आगामि दिनहरुमा पनि सहकार्य गरीहने  प्रस्ट पार्ने भयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर