Breaking News

मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम फेरि सुरु गर्ने ।।

Jul Sat 2021 04:44:31

36 views

मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम फेरि सुरु गर्ने ।।


निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम फेरि सुरु गर्ने जनाएको छ । 


आयोगले विज्ञप्ति निकालेर सर्वोच्चको आदेश बमोजिम प्रतिनिधि सभा पुनस्र्थापना भएका कारण पूर्व मितिमा निर्वाचन नहुने भन्दै मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यलाई सुरु गर्ने जनाएको हो ।


अदालतको आदेश बमोजिम प्रतिनिधि सभा पुनस्र्थापना भएको कारण पूर्व घोषित मितिमा निर्वाचन नहुने भएकोले भोलिदेखि निर्वाचन कार्यालयहरूबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यलाई सुरु गर्ने आयोगबाट निर्णय भएको विज्ञप्तिमा भनिएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर