Breaking News

नवनिर्मित जनजागृति माविको भवन विद्यालयलाई हस्तान्तरण ।।

Jul Sat 2021 04:28:53

84 views

नवनिर्मित जनजागृति माविको भवन विद्यालयलाई हस्तान्तरण ।।

कालिकोट-     जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर ८ स्थिति जनजागृती माध्यामिक विद्यालय, डुँग्रीडाँडाको नव निर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । संघिय सरकारको शिक्षा मन्त्रालय र रास्कोट नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको भवन शुक्रबार एक कार्यक्रमका विच विद्यालयलाई हस्तान्तरण गरिएको बताइएकोे छ ।


२०७७ साल साउनमा निर्माणको जिम्मा लिएको बसन्ना निर्माण सेवा कम्पनीले समयमै निर्माण सम्पन्न गरेर नगरपालिकालाई भवन हस्तान्तरण गरेको हो । कम्पनीका संचालक हिम्मत बहादुर बमले नगरपालिकाका प्रमुख काँशिचन्द्र बराललाई भवन साँचो दिएर भवन हस्तान्तरण गरेका हुन् ।


उक्त साँचो नगर प्रमुख बरालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद बराल (विजय)लाई हस्तान्तरण गरेका थिए । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा लगाइएको निषेधाज्ञा, र मौसम प्रतिकुलतका बावजुद समयमै निर्माण सम्पन्न गरेकोमा कार्यक्रमका प्रमुख अतिथि तथा नगरप्रमुख बरालले निर्माण कम्पनीलाई धन्यवाद दिएका छन ।


विभिन्न समस्याका वावजुत पनि समयमै काम सम्पन्न गर्ने कम्पनिलाई हामीले उचित मूल्यांकन गरी विशेष सम्मान गर्ने सोच बनाएका नगर प्रमुख काशि चन्द्र बरालले बताए ।  ‘ठेकेदार र ठेकेदार कम्पनीलाई प्रोत्साहन गर्नका लागि विषेश कार्यक्रम गरी बसन्ना निर्माण कम्पनीलाई सम्मान गर्ने हाम्रो योजना रहेको नगर प्रमुख बरालको भनाई छ ।’


कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति विष्णुप्रसाद बरालले विद्यालयको भवन बनेको भएपनि यसको सुरक्षाका लागि चुनौति रहेको बताए । ‘भवन त तयार भयो । यसको सुरक्षा हाम्रा लागि चुनौति छ । पानी परेको बेलामा माथिबाट पानी बगेर आउने र उक्त पानी भवनका कोठाहरुमा बस्ने समस्या छ । भवनै बगाउलाकी भन्ने चिन्ता हामीसँग छ । यसको समाधानका लागि नगर सरकारले विशेष ध्यान दिनु पर्ने विब्यस अध्यक्ष बरालले बताए ।


उनले विद्यालयको घेरवार, खेलमैदान फराकिलो पार्ने लगायतका कार्यहरु बाँकी रहेकाले स्थानीय सरकारलाई यस विषयमा ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मिमसरा बम (शाही), निःप्रमुख प्रशासकीय अधिकृत जमानसिंह बम, नगरपालिकाका शिक्षा शाखा प्रमुख, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, नगरपालिकाका विद्यालयहरुका प्राचार्य, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सभागीता रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर