Breaking News

पलाँताको खिर्पीमा रहेको सरुवा रोग शाखामा भिडियो एक्सरे सहित ल्याव सेवा संचालनमा आउने ।।

Jul Sat 2021 02:54:26

109 views

पलाँताको खिर्पीमा रहेको सरुवा रोग शाखामा भिडियो एक्सरे सहित ल्याव सेवा संचालनमा आउने ।।


कालिकोट- पलाँता गाउँपालिकाले सरुवा रोग शाखा खिर्पीमा भिडियो एक्सरे सहितको ल्याव लेवा संचालनमा ल्याउने भएको छ । पलाँता अस्पताल अन्तर्गत रहेको सरुवा रोग शाखा खिर्पीमा अस्पतालको विकास र स्वास्थ्य सेवा सुधार सम्वन्धि वसेको बैठकमा भिडियो एक्सरे सहितको ल्याब सेवा संचालनमा ल्याउने निर्णय गरेको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताए । 


पलाँताका नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवाको पहुँचमा पुगाउनका लागि शाखा खिर्पीमा भिडियो एक्सरे सहितको ल्याव सेवा संचालनमा ल्याउने बताएका छन । उनले भिडियो एक्सरे गर्नका लागि जिल्ला सदरमुकाम मान्म सम्म धाउनु पर्ने विगतलाई सम्झिदै अव स्थानिय सरकारले नागरिकहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै गाउँपालिकाकै खिर्पीमा भिडियो एक्सरे सहितको ल्याव सेवा संचालनमा ल्याएर स्वास्थ्य सेवा प्रवाश गर्ने अधयक्ष बमले बताए ।


पलाँताको खिर्पीमा नै भिडियो एक्सरे सहितको ल्याव सेवा संचालनमा आउने भएपछि स्थानिय हर्षित वनेका छन । आफुलाई कुन रोग लागेको भन्ने कुरा पनि नजिकैको अस्पतालवाट सेवा लिन सकिने र मान्म सम्म जानु पर्ने बाध्यता पनि हट्ने स्थानियले बताएका छन । अव स्वास्थ्य सेवाका लागि विगतको जस्तो दुःख कस्ट खेप्नु पर्ने नपर्ने रोगको परिक्षण नभएरै अकालमै मर्नु पर्ने अवस्था पनि अन्त्य हुने अध्यक्ष बमको भनाई छ ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर