Breaking News

नेपालमा थपिए १८ सय ७५ नयाँ सङ्क्रमित, थप २१ जनाको मृत्यु ।।

Jul Sat 2021 02:15:46

23 views

नेपालमा थपिए १८ सय ७५ नयाँ सङ्क्रमित, थप २१ जनाको मृत्यु ।।


नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ७ लाख १४ हजार नाघेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १० हजार ६६ कोरोना परीक्षण गर्दा थप १ हजार ८ सय ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।


मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा ६ हजार ३ सय १० आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ हजार ३ सय १० र ३ हजार २ सय ८ एन्टीजेन परीक्षण गर्दा ५ सय ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।


योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ६५ हजार ८ सय ८६ र एन्टीजेन विधिबाट ४८ हजार ३ सय ६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । आरटी पिसिआर र एन्टीजेन विधिबाट गरेर हालसम्म नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ७ लाख १४ हजार २ सय ४८ पुगेको छ ।


यस्तै गत २४ घन्टामा देशभर २ हजार १ सय ६४ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोनाका कारण सङ्क्रमणपछि निको हुनेको संख्या ६ लाख ३० हजार ४ सय ७ पुगेको छ ।


यस्तै गत २४ घन्टामा थप २१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ५ सय २७ पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर