Breaking News

पचालझरना गाउँपालिकाले गर्यो आव २०७७।०७८ मा भएका गरेका कामहरु सार्वजनिक ।।

Jul Sat 2021 01:00:51

69 views

पचालझरना गाउँपालिकाले गर्यो आव २०७७।०७८ मा भएका गरेका कामहरु सार्वजनिक ।।

कालिकोट-


कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले आर्थिक वर्ष २०७७।०७८ मा भए गरेका कामहरु र खर्च विवरणका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।


पचालझरना गाउँपालिकाको कार्यालय पडेक्षामा गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालको प्रमुख जवाफदेहि बक्ता, उपाध्यक्ष तारा न्यौपानेको विशेष जवाफदेहि बक्ता प्रमुअ प्रशासकिय अधिकृत शिवकुमार पौडेल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुहरु जेष्ठ नागरिक महिला पत्रकार लगाएतको उपस्थितीमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।


कालिकोट जिल्लाका ९ वटा स्थानिय तह मध्य पचालझरना गाउँपालिका यस आर्थिक वर्षमा भए गरेका कामहरुको वारेमा सार्वजनिक सुनुवाई गरेको छ । अन्य पालिकाले भने अहिले सम्म गरेका छैनन् । सबै स्थानय तहले प्रतेक चौमासिक रुपमा सार्वजनिक सनुवाई गर्नुपर्ने भएपनि कसैले गर्ने गरेका छैनन् । पचालझरना गाउँपालिकाले यस आर्थिक वर्षमा बिकासीय योजना प्रशासनिक विषयमा नागरिकहरुलाई जानकारी गराएको छ ।


गाउँपालिकाले अहिले सम्म गरेका कामहरुवाट नागरिकहरुले प्रत्यक्ष लाभ पाएका छन कि छैनन भन्ने विषयमा नागरिकहरु समक्ष सार्वजनिक सुनुवाई गरेको प्रमुख प्रशासकिय अधिकृत शिवकुमार पौडेलले बताए ।


आर्थिक वर्ष २०७७।०७८ मा गाउँपालिकाले गरेका विभिन्न कार्यक्रमका विषयमा नागरिकहरुलाई जानकारी गराएको र उनिहरुको गुनासोलाई आगामी कार्यक्रममा समेटेर जाने गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए ।


उनले नागरिकहरुका आवश्यकताको पहिचान गर्नका लागि सार्वजनिक सुनुवाई गरेको र नागरिकहरुका आबश्यकताको खोजि गरी आगमी दिनमा नागरिकहरुको आवश्यकतालाई पुरा गर्ने गरि काम गर्ने अध्यक्ष सेजुवालले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर