Breaking News

बुढीनन्दा नगरपालिकाको आ.व. २०७७/०७८ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।।

Jul Thu 2021 09:52:05

177 views

बुढीनन्दा नगरपालिकाको आ.व. २०७७/०७८ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।।

बाजुरा -

बुढीनन्दा नगरपालिकाको आर्थिक वर्ष २०७७ , ०७८ को सार्वजनिक सुनुवाई कार्यक्रम विहिवार सम्पन्न भएको छ । आर्थिक वर्ष २०७७, ०७८ मा सम्पन्न गरेका कार्यक्रम तथा वजेट खर्च सार्वजनिक गरिएको छ । बुढीनन्दा नगरपालिकाले आर्थिक वर्ष २०७७, ०७८ मा ४० करोड ३० लाख ५२ हजार १ सय ६ रुपैँया अर्थात कुल वजेटको ७९ प्रतिशत वजेट खर्च भएको प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढाले प्रतिवेदन प्रश्तुत गरेका छन । चालु खर्च २३ करोड ९१ लख ५८ हजार ९ सय ८१ रुपैँया २७ पैशा अर्थात ८४.९२ प्रतिशत र पुँजिगत खर्च १६ करोड ३८ लाख ९३ हजार १ सय २५ रुपैँया अर्थात ७९.१२ प्रतिशत खर्च भएको बुढाले प्रश्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७७, ०७८ मा बुढीनन्दा नगरपालिकाको कुल आम्दानि ४४ करोड ३७ लाख ४३ हजार ८ सय १८ रहेको थियो । ४ करोड ६ लाख ९१ हजार ७ सय १२ रुपैँया खर्च हुन नसकेको प्रमुख प्रशासकिय अधिकृत बुढाले जनाकारी दिएका छन ।


खर्च भएको रकम मध्य सामाजिक विकास क्षेत्रतर्फ २२ करोड ८ लाख ४५ हजार ८ सय ७७ रुपैँया आर्थिक विकास क्षेत्रमा ३ करोड ९० लाख १५ हजार ४ सय ६४ रुपैँया, भौतिक पुर्वाधार क्षेत्रतर्फ ४ करोड ९३ लाख ८७ हजार ४ सय ८४ रुपैँया, सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रमा १ करोड ४३ लाख १६ हजार ५ सय ४१, कार्यालय संचालन तथा प्रशासनिक  तर्फ ७ करोड ९४ लाख ८६ हजार ७ सय ३८ रुपैँया खर्च भएको छ । 


यस्तै नगरपालिकाले यस आर्थिक बर्षमा वडा स्तरका योजना १ सय ३९ वटा निर्माण सम्पन्न गरेको  भने नगरपालिका स्तरीय योजना ५१ वटा, उपभोक्तामार्फत संचालन भएका योजना १ सय ९० वटा, दरभाव पत्र वोलपत्रवाट ७ वटा, प्रधानमन्त्री रोजगार कार्यक्रमवाट २४ वटा, रास्टपति शैक्षिक सुधार कार्यक्रमका १८ वटा, आधारभुत स्वास्थ्य इकाइ भवन ८ वटा, शिक्षावाट संचालन योजना ३ वटा कर्कटपाता छाना निर्माण पहिलो किस्तामा १ सय २४ घर, बहुक्षेत्रिय पोषण कार्यक्रम १८ वटा, सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरु ४ हजार ५ सय ४८ जना, घटना दर्ता भएका जम्मा १ हजार ९८ रहेका छन ।


सार्वजनिक सुनुवाई कार्यक्रममा राजनिति दलका प्रमुख तथा प्रतिनिधिहरुले साल अगाडी बाच्छो पछाडी जस्तै उखान लागु भएको बताएका छन । नगरपालिकाले पहिले सार्वजनिक सुनुवाई गरेर वजेट ल्याउनु पर्ने बताउदै असारको अन्तिम दिन सार्वजनिक सुनुवाई गरेको बताएका छन । यस्तै नगरपालिकाको विकासमा ठूलावडा नेताले चासो नदिएको हुँदा विकास हुन नसकेको समेत बताएका छन । नगरपालिकाले विकासमा खासै चासो नदिएको समेत आरोप लगाएका छन । ४ वर्ष वितिसक्दा पनि नगरपालिकाका १० वटै वडामा सडक नपुगाएको र पुगाएको ठाउँमा पनि सवारी साधन चल्न नसकेको प्रति नगरपालिकाको ध्यानकर्षण गराएका छन । 


एठेका सवालहरुको जवाफ दिदै प्रमुख प्रसासकिय अधिकृत शेर बहादुर बुढाले वडा स्तरमा वजेट कमै मात्रामा गएको स्वीकार गर्दै खुल्ला योजनामा वजेट खर्च गर्नु पर्ने भएको हुँदा वडा स्तरमा वजेट कर्म मात्रामा जाने गरेको बताए । यस्तै नगरपालिकाले वडा स्तरवाट छनौट भएर आएका योजनाहरु हुवहु नगरपालिकाले पास गरेको समेत बताएका छन । यस्तै कुन वडा वाट कुन शिर्षकमा कति राजश्व संकलन भयो भन्ने एकनि नभएको र बैंक खातामा जम्मा गरिएको शिर्षक अनुसार राजश्व उठेको विवरण थाहा पाउन नसकिएको बताएका छन ।

कार्यक्रमको समापन गर्दै कार्यक्रमकी प्रमुख जवाफदेहि वक्ता तथा नगर उपप्रमुख सृष्टि रेग्मीले वजेट खर्च स्थितीमा कुनै चुनौती नभएको  बताएकी छन । असार मसान्तमा वजेट खर्च गर्ने र योजना सम्पन्न गर्ने प्रबृति विगत देखि नै नहटेको बताउदै स्थानिय सरकार आएदेखि केहि सुधार भएको बताएकी छन । नगरपालिकामा गुणस्तरिय शिक्षाका लागि भौतिक संरचनाको अभाव नरहेको तर शिक्षहरुको कमि रहेको बताएकी छन । पछिल्लो समय नगरपालिकाल स्वयमसेवक शिक्षक राखेर भएपनि शिक्षामा कमि नभएको बताएकी छन । उनले नगरपालिकाले आन्तरीक राजश्व बढाउन नसकेमा आर्थिक समृद्धिको र नगरपालिकाको समृद्धिको नारा पुरा नहुने समेत बताएकी छन । आगामी आर्थिक वर्षमा नगरपालिकाले विभिन्न क्षेत्रमा जस्तै घर वहाल कर, सम्पति कर , ब्यबसायि करलाई फराकिलो बनाएर लैजाने तयारीमा रहेको बताएकी छन । 

पीसविन वाजुराको सहयोग र बुढीनन्दा नगरपालिकाको आयोजनामा संचालन गरिएको सार्वजनिक सुनुवाई कार्यक्रमममा नगरपालिकाका जनप्रतिनिधि, विषयगत शाखाका प्रमुखहरु कर्मचारी, राजनितिक दलका प्रमुख तथा प्रतिनिध, सुरक्षाकर्मी, संचारकर्मी लगाएतको सहभागिता रहेको थियो ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर