Breaking News

बाजुरामा १ हजार ६ सय १८ जनाले भेरोसेल खोप लगाए ।।

Jul Tue 2021 04:59:09

80 views

बाजुरामा १ हजार ६ सय १८ जनाले भेरोसेल खोप लगाए ।।

बाजुरा-

बाजुरा जिल्लामा ६२ देखि ६४ उमेर समुहका १ हजार ६ सय १८ जनाले चिन सरकारले सयोग गरेको भेरोसेल खोप लगाएका छन् । बाजुरा जिल्लामा ४१ खोप केन्द्र बाट २७ गते देखि ३० गते सम्म ६२ देखि ६४ उमेर समुहका १ हजार ६ सय १८ जनाले भेरोसेल खोप लगाएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन ।


प्रमुख पन्तका अनुसार भेरोसेल खोप लगाउनेमा खप्तड छेडेदह गाउँपालिकाका ४ सय ३० जना, बुढिगांग नगरपालिकाका ३ सय ३७ जना, गैमुल गाउँपालिकाका १ सय ४३ जना, त्रिबेणी नगरपालिकाका ३ सय ४ जना र बडिमालिका नगरपालिकाका ४ सय ४ जना रहेका छन् भने २ जनाले दोस्रो डोज लगाएका छन् ।


बाजुरा जिल्ला भरि बितरण गरिएका १ हजार ९ सय ५८ भायल मध्ये १ हजार ६ सय १८ भायल मात्र खर्च भएको र ३ सय ३८ भायल बाँकी रहेको स्वास्थ्य कार्यालय बाजुराले जानकारि दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर