Breaking News

आजदेखि खोप अभियान नियमित, ५५ वर्षभन्दा माथिका लागि खोप लगाइने ।।

Jul Tue 2021 04:46:51

35 views

आजदेखि खोप अभियान नियमित, ५५ वर्षभन्दा माथिका लागि खोप लगाइने ।।


सरकारले आजदेखि खोप अभियानलाई नियमित गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार खोप उपलब्धताका आधारमा आजदेखि बागमति, गण्डकी र लुम्बिनी प्रदेशमा खोप अभियान सञ्चालन हुने भएको छ ।


सरकारको निर्णय अनुसार चीनले उपलब्ध गराएको भेरोसेल खोप ५५ वर्ष र सोभन्दा माथिको उमेर समूहलाई पहिलो मात्रा लगाउन बाँकी सबै नागरिकलाई लगाइने छ । यसपटक सरकारले विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई खोप लगाउने भएको छ ।


यस्तै अमेरिकाले उपलब्ध गराएको ज्यानसिन खोपको हकमा पनि सरकारले उमेर समूह लगायतको मापदण्ड तोकेको छ । जसमा ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका कोभिडविरुद्धको पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकहरु, पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थिहरु र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरु (यसअघिको अभियानहरुमा खोप लगाउन छुट भएका) लाई पनि खोप लगाइने छ ।


सरकारले प्राथमिकतामा भित्र मात्र रही जिल्ला कोभिड खोप समन्वय र अनुगमन समितिको निर्णय अनुसार खोप प्रदान गर्न र अन्यथा भएमा प्रचलित कानूनबमोजिम हुने पनि बताएको छ । यस्तै खोप दिने र लिने आधारपनि सरकारले निर्धारण गरेको छ । खोप लगाउन जाँदा परिचय खुल्ने परिचयपत्र लिएर जान पनि सरकारले आग्रह गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर