Breaking News

आर्थिक अभावका कारण अस्पतालको आईसीयूमा रहेकी बालिकाको उपचारका लागि सादा नेपालले गर्यो आर्थिक सहयोग ।।

Jul Mon 2021 04:01:12

194 views

आर्थिक अभावका कारण अस्पतालको आईसीयूमा रहेकी बालिकाको उपचारका लागि सादा नेपालले गर्यो आर्थिक सहयोग ।।

कालिकोट-

भिर वाट खसेर गम्भीर घाईते भएकी १३ वर्षिया बालिकाको उपचारका लागि सादा नेपालले आर्थिक सहयोग गरेको छ । सान्नि त्रिवेणी गाउँपालिका वडा नं. २ निवासी १३ वर्षिया बालिका मन्जु विष्टको भिरबाट लडेर गम्भिर घाईते भएकि भएपनि उपचारका लागि कालिकोट जिल्लावाट जुम्ला रेफर गरिएको छ । असार ८ गते भिरबाट लडेर गम्भिर घाईते भएकि बालिकाको हाल कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचार भैरहेको छ । भिरबाट लडेर गम्भीर घाईते भएकि बालिकाकोे टाउको संगै शरीरका बिभिन्न भागमा गम्भीर चोट लागेका कारण उनको कालिकोटमा उपचार हुन नसकेछि जुम्ला लगेर अस्पतालको आईसियू कक्षमा राखेर उपचार भैरहेको छ ।


तर घरपरिवारले उनको उपचारका लागी आवश्यक आर्थिक रकम जुटाउन नसकेर उपचारमा समस्या भएको बताएपछि कालिकोट जिल्लामा रहेको सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालले आर्थिक सहयोग गरेको छ । बालिकाको आईसियूमै राखेर उपचार गर्नुपर्ने बाध्यता भएतापनि उपचार खर्चको अभावले उपचारमा समस्या भएको जानकारि पाए लगत्तै सादा नेपालले रु १० हजार १ सए ११ रुपैया खर्च रकम सहयोग गर्ने भएको छ ।


सादा नेपालका कार्यकारी निर्देशक अशोक नाथ योगीको अध्यक्षतामा मिति २०७८ असार २७ गते बसेको बैठकले उक्त वालिकाको उपचार खर्चका लागि १० हजार बढी रकम सहयोग गर्ने निर्णय गरे बमोजिम सहयोग गरेको सादा नेपालका कार्यकारी निर्देशक अशोक नाथ योगीले बताए । अहिले संस्थाले आईसियू कक्षवाट बाहिर निकाल्ने समस्याको समाधानका लागी  सहयोग गरेको र अन्य निकायसंग थप आर्थिक सहयोगको लागी पहल र समन्वय गरिरहेको योगीले बताएका छन ।


साथै उनले विगत लामो समय देखि सादा नेपालले बालबालिको क्षेत्रमा काम गर्दै आएको बताउदै सादा नेपाल संस्था बालबालिकाको अभिभावक वनेर जिल्लाका स्थानिय तहमा काम गरिरहेको समेत बताए । योगीले आर्थिक अभावका कारण बालिकाको उपचारमा कुनै समस्या नगर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई भनिसकेको र उनको उपचारका लागि लाग्ने खर्च चन्दा उठाएर भए पनि दिने भन्दै बालिकाको उपचारमा कुनै कमि नगर्न र आर्थिक अभावका कारण बालिकाको उपचारमा समस्या ननिम्त्याउन समेत आग्रह गरेको बताएका छन ।


यस्तै पलाता गाउँपालीकाका अध्यक्ष लक्ष्मण बहादुर  बमले पनि आर्थिक अभावले उपचार नपाएर  कसैको पनि ज्यान जानु हुदैन भन्दै बालिकाको उपचारका लागी आफ्नो व्यक्तिगत रुपमा रु ५ हजार ५ सए ५५ रुपैया सहयोग गरेका छन ।


सहयोग गर्न चाहने व्यक्तिका लागी बिरामि बालिकाका काका अबिलाल विष्टको सानिमा बैंकमा रहेको खाता नं ०३००११०६०००१६७३ मा जम्मा गरेर सहयोग गर्न सकिने वा मोवाईल नम्वर ९८४३८०८३३० ९८४८३६०२५८ मा सम्पर्क गरेर सहयोगको अपेक्षा गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर