Breaking News

शिक्षकका माग पुरा नभएको भन्दै शिक्षक महासंघद्धारा शिक्षा विकास तथा समन्वय इकाईमा ३ घण्टा धर्ना ।।

Jul Fri 2021 12:45:20

87 views

शिक्षकका माग पुरा नभएको भन्दै शिक्षक महासंघद्धारा शिक्षा विकास तथा समन्वय इकाईमा ३ घण्टा धर्ना ।।

नेपाल शिक्षक महासंघ जिल्ला कार्य सममिती कालिकोटले १४ बुँदे माग सहित शिक्षा विकास समन्वय इकाईमा तिन घण्टा घर्ना दिएका छन् ।


महासंघले शुक्रबार ७७ वटै जिल्ला शिक्षा विकास समन्वय इकाईमा १० बजे देखि १ बजे सम्म धर्ना दिने कार्यक्रम घोषणा गरेकाले कालिकोटमा पनि नेपाल शिक्षक महासंघले तिन घण्टा धर्ना दिएको नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमितीका सदस्यदेवराज चौलागाईले बताएका छन् ।


महासंघले देशव्यापी रुपमा नेपाल सरकार र शिक्षक महासंघबीच विगतमा भएका सहमति र सम्झौता कार्यन्वयन गर्न,संघिय शिक्षा ऐन अविलम्ब लागु गर्न, क्षिक्षामा १५ प्रतिशत देखि २० प्रतिशत सम्म्म लगानी गर्न, शिक्षक सेवा आयोगलाई पुर्णता दिन् शिक्षकहरुमाथि गरिने विभेद अन्त्य गर्न,शिक्षकलाई स्थानीय र पर्यटकीय भत्ताको व्यवस्था गर्न ,संवैधानिक शिक्षा आयोग अविलम्ब गठन गर्न,शिक्षक,कर्मचारि र विद्यार्थिहरुलाई कोभिड खोपको व्यव्स्थापन लगायतका १४ बुँदे माग सहित जिल्ला भरका शिक्षकहरु आन्दोलनमा उत्रीएकोे नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति सदस्य चौलागाईले बताएका छन् ।


शिक्षक महासंघका मागहरु सरकारलाई सम्बोधन गर्न शिक्षा विकास समन्वय इकाईलाई ध्यानाकर्षण गराएका छन् । नेपाल सरकारले भर्खरै सार्वजनिक गरेको वजेटमा विद्यालयमा वालविकास केन्द्र इसिडिमा मासिक १५ हजार तलव पुर्याउने भनेपनि स्थानिय तहले यसको वेवास्था गरेको कोभिडका वेला शिक्षकहरुलाई कोरोना विरुद्धको खोपमा सौतेनि ब्यबहार गर्नु लगायतका मागहरु इथासिघ्र कार्यन्वयन गर्न माग गरेका छन ।


पटक पटक सम्झौता र सहमति हुँदा कार्यान्वयन हुन नसकेकोले सबै शिक्षकहरु आन्दोलनमा बाध्य भएर आउनु परेको शिक्षक महासंघका नेता सुरेन्द्र शाहीले बताएका छन  । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर