Breaking News

एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा ।।

Jul Fri 2021 12:11:43

239 views

एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा ।।

उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । एसियन फुटबल फेडेरेसन (एएफसी) ले आज सार्वजनिक गरेको छनोटको समूह विभाजनमा नेपाल समूह ‘बी’ मा परेको हो ।

एएफसीले पश्चिम क्षेत्र र पूर्व क्षेत्रको छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । ताजिकिस्तानमा हुने समूह ‘बी’ को छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ ।

नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग खेल्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग खेल्दा अन्तिम खेल लेबनानसँग खेल्नेछ । छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर