Breaking News

सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि आवश्यक निति निर्माण गर्ने तयारी ।।

Jul Thu 2021 07:03:23

117 views

सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि आवश्यक निति निर्माण गर्ने तयारी ।।

कालिकोट-

पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक अवस्था नाजुक बन्दै गएको छ । सामुदायिक विद्यालयमा गरिव विपन्न र दलितका छोराछोरी मात्र पढ्नथाले पछि सामुदायिक विद्यालयको शैक्षिक अवस्था कमजोर बन्दै गएको छ । भनिका छोराछोरीहरु सहरका ठूला ठूला निजि विद्यालयमा प्राविधिक शिक्षा पढ्न थालेपछि गाउँका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा विकास र ब्यबसायिक शिक्षा लागु हुन नसकेपछि वेरोजगारको अवस्था झन बढ्दै गएको छ ।

कालिकोट जिल्लाको सान्नि त्रिवेणी गाउँपालिकाले शिक्षामा सुधार ल्याउनका लागि गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि अव के गर्न सकिन्छ भन्ने विषयमा बैठक बसि विभिन्न विषयमा छलफल गरेको छ । पालिका भित्रका सम्र्पुण विद्यालयका व्यावस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक अभिभाव संघका अध्यक्ष तथा शिक्षा संग साझेदार संस्थका प्रमुख प्रतिनिधि पत्रकारहरुको उपस्थितिमा वैठक सम्पन्न भएको छ ।


सान्नीत्रिवेणी गाउँपालिका मा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर मा परीर्वतन ल्याउन तथा आगामी दिनमा रणनैतिक योजना तयार गरी कार्यन्वयनमा लैजानका लागी आवश्यक निति निर्माण गर्ने कुरामा बैठकमा ब्यापक छलफल भएको पंचदेव माविका शिक्षक देव नाथ योगीले जानकारी दिए । उनका अनुसार, सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि र गाउँपालिकाका विभिन्न विद्यालयमा प्राविधिक शिक्षा पठन पाठनका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरि आवश्यक निति तथा कार्ययोजना तयार पारेको बताए ।

आगामि दिनहरुमा सामुदायिक विद्यालयका शिक्षक हरु लाई नियुक्ति गर्दा योग्यता र क्षमता लाई आधार मानेर कार्य सँचालन गर्ने, विद्यालयका प्रधानाध्यापक लाई मावि तहमा ३ हजार, निमावि तहमा २ हजार र प्रावि तहमा १ हजार रुपैया पालिका मार्फत भत्ताको व्यावस्थापन गर्ने, पालिका स्तरमा रहेको ३ वटा लिड विद्यालय शंकर मा वि सेरीज्युला, पंचदेवल मा वि मेहलमुडि र डाफे मावि मुम्रा लाई १÷१ जना खेलकुद शिक्षक नियुक्त गर्ने, पालिका मार्फत दरवन्दी सिर्जना गरेर नियुक्त गरेका शिक्षक, शिक्षीकाको १० प्रतिशत तलव वृद्धि गर्ने, शिक्षक पेशा लाई झल्कीने खालको पोषाकको व्यावस्थापन गर्ने र शैक्षिक गुणस्तर उपलव्धिको आधारमा विद्यालय लाई अनुदान समेत प्रदान गर्ने जस्ता निर्णहरु वैठेकमा गरीएको शिक्षा शाखा प्रमुख मोहोन बिर धामीले जानकारी दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर