Breaking News

इटाली युरोकप फुटबलको फाइनलमा, आज इङ्ग्ल्यान्ड डेकमार्क बिच खेल हुँदै ।।

Jul Wed 2021 03:44:57

65 views

इटाली युरोकप फुटबलको फाइनलमा, आज इङ्ग्ल्यान्ड डेकमार्क बिच खेल हुँदै ।।


स्पेनलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

इङ्ग्ल्यान्डमा गएराति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो ।

खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

यस जितसँगै इटाली ३३ खेलमा अपराजित रहन सफल भएको छ । सेमिफाइनल अन्र्तगत आज इङ्ग्ल्याण्ड र डेकमार्क बिच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार खेल आज राति १२ ः४५ बाट सुरु हुनेछ ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर