अर्जेन्टिना, कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान कोलम्बियालाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना फाइनल प्रवेश गरेको हो ।
खेलमा अग्रता अर्जेन्टिनाले सातौं मिनेटमा लौटारो मार्टिनेजको गोलबाट लिएको थियो । लियोनल मेस्सीले डिबक्सभित्र उपलब्ध गराएको पासमा मार्टिनेजले गोल गर्नुभयो ।
तर, ६१ औं मिनेटमा लुइस डियाजको गोलमार्फत कोलम्बिया खेलमा फर्किएको थियो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
जसमा अर्जेन्टिनाले ३–२ ले जित हात पा¥यो । अर्जेन्टिनाले उपाधिका लागि शनिवार ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।
2 weeks ago
2 months ago