विश्वभर कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर थप ७ हजार ९ सय ९७ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।
गत २४ घन्टामा मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलमा १ हजार ७ सय ८७ जनाको मृत्यु भएको छ भने भारतमा ९ सय ३०, रुसमा ७ सय ३७, इन्डोनेशियामा ७ सय २८, कोलम्बियामा ५ सय ५३, अर्जेन्टिनामा ४ सय ६२ र अमेरिकामा २ सय २ जनाको मृत्यु भएको छ ।
योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० लाख ८ हजार ५ सय ९२ पुगेको छ । यस्तै गत २४ घन्टाम विश्वभर ४ लाख २८ हजार ४ सय ६७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
थपिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी ब्राजिलमा ६२ हजार ५ सय ४, भारतमा ४३ हजार ९ सय ५७, रुसमा २३ हजार ३ सय ७८, इन्डोनेशियामा ३१ हजार १ सय ८९, बेलायतमा २८ हजार ७ सय ७३, कोलम्बियामा २६ हजार ७ सय २१ र अर्जेन्टिनामा २१ हजार ५ सय ९० जना रहेका छन् ।
योसँगै विश्वभ कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १८ करोड ५३ लाख ७९ हजार ८ सय ६६ पुगेको छ । यस्तै हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये १६ करोड ९७ लाख १९ हजार ५सय २१ जना स्वस्थ भएका छन् ।