बाजुरा - जिल्लाको कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन नसक्दा एक जना गर्भबती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छन् । जगन्नाथ गाउँपालिकाकी १८ बर्षिया कमला बिष्टको प्राथमिक स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकीएपछि मंगलवार विहान हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
शोमवार राती सुुत्केरी गराउन बिष्टलाई उनका आफन्तले कोल्टि प्राथामिक स्वास्थ्य केन्द्र पुुर्याएका थिए । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुुत्केरी गराउन सम्भव नभए पछि कोल्टीबाट उद्धार गरी नेपालगंज पठाइएको छ ।
गभर्गबती महिलाको पेटको बच्चा उल्टो रहेकोले कोल्टिमा सामान्य डेलिभरी बाहेक अन्य बिधि नभएकोले अन्यन्त्र लैजान सिफारिसका आधारमा रिफर गरीएको प्राथमीक स्वास्थ्य चौकी कोल्टीले जनाएको छ ।
गर्भबती महिलाको राष्ट्रपति उत्थान कार्यक्रम अन्तरगत उद्धार गरीएको हो । गर्भवती महिलाको नियमित चेक जाच कार्ड हेर्दा असार ९ गते डेलिभरि मिति रहेकोमा सोमबार मात्र बेथा लागे पछि प्राथामिक स्वास्थ्य केन्द्र आएको बुढीनन्दा नगरपालिका स्वास्थ्य सह संयोजक ओमजोङ शाहीले बताए । मंगलवार विहान नेपाली सेनाको हेलिकप्टर मार्फत गर्भवती महिलालाई नेपालगंज लगिएको हो ।