Breaking News

बनेपाका चार युवाले थाले कालिज पालन ।।

Jul Tue 2021 03:44:37

181 views

बनेपाका चार युवाले थाले कालिज पालन ।।


काभ्रे -एकातिर कोरोनाले देशको आर्थिक अबस्था खस्किएको छ । अर्कातिर थुप्रै युवा रोजगारी गुमाएर विदेश फर्किएका छन् ।

आफ्नै गाउँठाउँमा सम्भावना नदेख्नेहरुको बीचमा काभ्रे केही युवा उदाहरणिय बनेका छन् । बनेपा नगरपालिका १४ साँगामा ३ वर्षदेखी नासिका वाइल्ड एण्ड क्याटल प्रोडक्ट प्रालि खडा गरेर चार जना युवाले व्यवसायिक कालिज पालन गरिरहेका छन् । 

जंगलमा पाइने कालिजलाई आफ्नै जमिनमा प्राकृतिक वातावरण तयार पारेर व्यवसायिक कालिज पालन गरिएको छ । ५ रोपनी क्षेत्रफलमा ३५ वटाबाट सुरु गरिएको कालिज फर्ममा अहिले ६ सय भन्दा बढी रिङनेट जातका कालिज रहेको नासिका वाइल्ड एण्ड क्याटल प्रोडक्ट प्रालिका अध्यक्ष नवराज तिमल्सिनाले बताउनुभयो । 

एउटा पोथी कालिजले एक सिजनमा ७० देखी ७५ वटासम्म फुल पार्दछ । फर्मले अहिलेसम्म ८ हजार चल्ला उत्पादन गरेर बेचेको छ भने ५ हजार माउ कालिज विक्री गरेको छ । ६ सय रुपैयाँदेखी १२ सय रुपैयाँसम्ममा चल्ला विक्रि हुने गरेको छ ।

यस्तै माउ कालिजको ३ हजार रुपैयाँसम्म पर्दछ । उत्पादन गर्न सके बजारको कुनै समस्या छैन ।  भारत लगायत विभिन्न देशबाट समेत कालिजको माग छ । तर आफुहरुलाई कालिज विक्रीका लागि सरकारले अनुमति नदिएको तिमल्सिनाको गुनासो छ । 

कालिज सँगसँगै युवाहरुले बाख्रा र हरिण पालनको पनि तयारी गरेका छन् । फरक सोचका साथ काम गरे विदेशमा भन्दा राम्रो कमाई नेपालमा नै गर्न सकिने युवाहरुको अनुभव छ । 

पछिल्लो समय युवाहरु स्वदेशमै केहि गर्नुपर्छ भन्ने उदेश्यका साथ फरक–फरक व्यवसायमा लाग्ने क्रम बढेको छ । उनीहरुको कामलाई प्रोत्साहन तीनै तहका सरकारले स्पष्ट योजना बनाएर काम गर्नुपर्ने युवाहरु बताउँछन् । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर