Breaking News

एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिता रद्द ।।

Jul Mon 2021 12:18:17

56 views

एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिता रद्द ।।


एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अक्टोबरमा तय भएको एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिता रद्द गरेको छ ।

छनोट खेल अक्टोबर १३ देखि २४ सम्म हुने तालिका रहेको थियो । तर, कोरोना महामारीको कारण छनोट सारिएको एएफसीले जनाएको छ ।

एएफसीले छनोट प्रतियोगिता अब २०२२ को अप्रील १ देखि १५ सम्म हुने जनाएको छ । यस्तै एएफसीले एएफसी फुटसल एसियन कपको फाइनल चरणको प्रतियोगिताको मिति समेत सरेको जनाएको छ । नेपालले पनि एएफसी फुटसल एसियन कप छनोटमा सहभागिता  जनाउने छ ।

अब फाइनल प्रतियोगिता २०२२ को सेप्टेम्बर २५ देखि २० सम्म हुनेछ । यस अघि फाइनल प्रतियोगिता २०२२ को फेब्रुवरी १६ देखि २७ सम्म हुने तय थियो ।

छनोटको लागि नेपालले गौरव बस्नेतलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

यस्तै एन्फाले नेपाली टिम फुटसलको ‘ए’ डिभिजन लिग पछि छनोट गर्ने जनाएको थियो । कोरोनाको कारण फुटसल लिग समेत स्थगित भईसकेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर