Breaking News

मध्यावधी निर्वाचनका लागि कार्यतालिका सार्वजनिक ।।

Jul Mon 2021 12:07:34

137 views

मध्यावधी निर्वाचनका लागि कार्यतालिका सार्वजनिक ।।


निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्म दल दर्ताको समय तोकेको छ ।

सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेको थियो । आयोगले सो अनुसार कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगको तालिका अनुसार कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि दल दर्ताका लागि आह्वान गरेको छ ।

कार्यतालिकामा निर्वाचनका लागि निर्वाचन कार्यक्रम असोज ३१ गतेदेखि कात्तिक ५ गतेसम्म सञ्चालन हुनेछ भने मतदाताहरुको अन्तिम नामावली भदौ २३ गते प्रकाशन गरिनेछ ।

यस्तै समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम भदौ २ गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर