Breaking News

फिलिपिन्समा सैनिक विमान दुर्घटना हुँदा २९ को मृत्यु, ४० घाइते ।।

Jul Sun 2021 12:31:53

1431 views

फिलिपिन्समा सैनिक विमान दुर्घटना हुँदा २९ को मृत्यु, ४० घाइते ।।

फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ ।

सैनिकहरु चढेको विमानमा सवार मध्ये करिब ४० जना घाइते भएका छन् । सी–१३० हर्कुलस विमानमा ९० जना सवार रहेका थिए ।

अरु केही व्यक्तिहरु हराइरहेका छन् ।  सुलु प्रान्तको जोलो द्वीपस्थित विमानस्थलमा अवतरण गर्ने क्रममा नजिकैको आवासीय क्षेत्रमा आज मध्यान्ह विमान दुर्घटनाग्रस्त भएको रक्षा सचिव डेल्फिन लोरेन्जानाले बताउनुभएको विविसिले लेखेको छ ।

तस्वीरमा दुर्घटनाग्रस्त विमानमा भुँइमा बजारिएसँगै आगलागी भएको देखिएको छ ।  विमान दुर्घटनाग्रस्त भएको नजिकै घरहरु माथि बाक्लो कालो धुँवा देखिएको छ । दुर्घटनाको बारेमा सम्पूर्ण विवरण आउन बाँकी नै रहेको  छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर