Breaking News

हुम्लामा सडक खन्ने क्रममा एक्स्काभेटर पुरिँदा चालक थारुको मृत्यु

Jun Tue 2021 09:10:11

205 views

हुम्लामा सडक खन्ने क्रममा एक्स्काभेटर पुरिँदा चालक थारुको मृत्यु

हुम्ला- हुम्लाको अदानचुली गाउँपालिका ५ को सेरामा सडक खन्ने क्रममा माथिवाट आएको पहिरोमा परि स्काभेटर पुरिदा स्काभेटर चालकको मृतयू भएको छ । मृत्यू हुनेमा बर्दिया घर भएका २६ वर्षीय चालक सन्तोष थारू रहेको ईलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।

स्थानीय र प्रहरी मिलेर चालकको शव निकालेर आज विहान प्राथमिक स्वास्थ्य चौकी कोल्टीमा  ल्याइएको थियो । प्राथमिक स्वास्थ्य चौकी कोल्टीमा मृतक थारुको पोष्टमार्टम गरि सव आफन्तलाई बुझाइएको प्रहरी निरीक्षक देवेन्द्र राज जोशिले बताए । 

प्रहरी निरीक्षक जोशिका अनुसार मृतक थारुको शव उनका आफन्तले आज हवाईजहाज मार्फत वर्दिया लगेका छन । सोमबार बेलुका ६ बजेतिर सडक खन्ने क्रममा उक्त दुर्घटना भएको हो । एक्स्काभेटरका सहचालक भने हाम फालेर बाँचेको बताइएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर