गत २४ घण्टामा भारतमा ३७ हजार ५६६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ३ लाख १६ हजार ८९७ पुगेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा गत २४ घण्टामा भएको कोरोना सङ्क्रमित यो संख्या विगत १०२ दिनयता कै सबैभन्दा कम हो ।
चालीस हजार भन्दा कम व्यक्ति कोरोना सङ्क्रमण भएको १०२ पछि यो पहिलो पटक हो । भारतमा २४ घण्टामा कोरोना सङ्क्रमणबाट ९ सय ७ व्यक्तिको मृत्यु भएको छ । करिब ७० दिनपछि भारतमा गत दई दिनयतादेखि एक हजार भन्दा कम व्यक्तिले कोरोनाबाट ज्यान गुमाएका छन् ।
गत अप्रिल १४ मा भारतका कोरोना सङ्क्रमणबाट एक हजार भन्दा बढीको मृत्यु भएको थियो । कोरोना प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ९७ हजार ६३७ पुगेको छ । हाल भारतमा पाँच लाख ५२ हजार ६५९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।