Breaking News

भारतमा ५ करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप ।।

Jun Mon 2021 12:40:36

120 views

भारतमा ५ करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप ।।


भारतमा हालसम्म ५ करोड ४० लाखले मात्रै कोरोनाविरुद्धको खोपको दुबै डोज लगाएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज एक तथ्याङ्क सार्वजनिक गर्दै भारतले कोरोना खोप वितरणमा ठूलो फड्को मारेको बताएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले सामाजिक सञ्जार ट्वीटरमार्फत् अमेरिकालाई कोरोना खोप दिने मामिलामा पछि पार्नुलाई खोप वितरणमा कोशेढुङ्गा भएको बताएको छ ।

यद्यपि, व्यक्तिगत हिसाबमा भने कोरोना खोप दिने मामिलामा भारत धेरै पछाडि छ ।

अमेरिकामा अहिलेसम्म १५ करोड २० लाखभन्दा धेरैले कोरोनाको पूरा डोज खोप पाइसकेका छन् भने भारतमा अहिलेसम्म जम्मा ५ करोड ४० लाख मानिसले कोरोनाको पूरा डोज खोप पाएका छन् । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर