Breaking News

युरोकप फुटबलको नकआउट चरणमा आजपनि दुई खेल हुँदै ।।

Jun Mon 2021 12:37:26

89 views

युरोकप फुटबलको नकआउट चरणमा आजपनि दुई खेल हुँदै ।।

१६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा आजपनि दुई खेल हुन लागेको छ । आज हुने पहिलो खेलमा स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।

डेनमार्कको पार्केन एरिनामा हुने स्पेन र क्रोएसियाबीचको खेल राति ९ ः ४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछन् ।

स्पेनले समूह ‘ई’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । स्पेनले ३ खेलमा ५ अङ्क जोडेको थियो । क्रोएसियाले समूह ‘डी’ बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।  क्रोएसियाले ३ खेलमा ४ अङ्क जोडेको थियो ।

यस्तै आजै हुने अर्को खेलमा  फ्रान्स र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । रोमानियाको नेसनल एरिनामा हुने फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल राति १२ ः ४५ मा सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ । साविक उपविजेता समेत रहेको फ्रान्स समूह ‘एफ’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

समूह चरणमा फ्रान्सले ३ खेलमा ५ अङ्क जोडेको थियो । स्विट्जरल्यान्डले समूह ‘ए’ बाट नकआउट चरणमा स्थान बनाएको हो । समूहको उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा प्रवेश गरेको स्विट्जरल्यान्डले ३ खेलमा ४ अङ्क जोएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर