Breaking News

कृषकको हातमा दाँते ओखरका विरुवा ।।

Jun Mon 2021 12:20:02

123 views

कृषकको हातमा दाँते ओखरका विरुवा ।।


कालिकोट -खाडाचक्र नगरपालिका वडा नं. ८ का करिव २५ जना कृषकहरुको हातमा दाँते ओखरका विरुवा पुगेका छन ।  डिभिजन वन कार्यालयको सहयोगमा स्थानीय तिलाचुलि कृषक समूहले हजारौ दाते ओखर,कागती,टिमुरका विरुवा कृषकको घरमै पुगाएपछि गौरा किसानहरु खुसि भएका हुन । 

समूहका अध्यक्ष देबकला आचार्यले कृषक गोमा नेपाली,जौमता नेपाली,विष्णा मल्ल,अजा सार्की,मुन्पुरा मल्ल,जन्पुरा मल्ल लगाएत २५ जना कृषक समुहमा रहेका स्थानीयलाई २ सयका दरले रुख तथा वुट्यान प्रजातीका विरुहरु आईतबार गाउमै वितरण गरिएको जानकारी दिइन् ।

कर्णाली प्रदेश सरकार वन मन्त्रालय अन्तरगत डिभिजन वन कार्यालय कालिकोटसँगको साझेदारीमा तिलाचुलि कृषक समहले व्यवसायीक जडिवुटी खेति विस्तार कार्यक्रम अन्तरगत विरुवाहरु वितरण गरिएको समूहका उपाध्यक्ष गोमा नेपालीले जानकारी गराएकी छन । उनका अनुसार यस समूहले गतवर्ष संघिय सरकार वन तथ वातावरण मन्त्रालयको सहयोगमा हजारौ दाँते ओखरका विरुवा वितरण गरेको थियो । 

दाँते ओखर,टिुमुर र सुन कागतीका विरुवा रोपेर आय आर्जन वढाउनुका साथै जडिवुटी,फलफूल खेति मार्फत व्यरोजगरी हटाउने समूहको उद्देश्य रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर