Breaking News

पहिरोमा परि ज्यान गुमाएका विकका परिवारलाई नगद सहयोग ।।

Jun Sun 2021 03:48:50

139 views

पहिरोमा परि ज्यान गुमाएका विकका परिवारलाई नगद सहयोग ।।


कालिकोट - पहिरोमा पुरएर ज्यान गुमाएका मृतकका परिवारलाई राहत उपलब्ध गराइएको छ । कालिकोट जिल्लाको खाडाचक्र नगरपालिका वडा नं. ६ सेरा निवासी बले विकको पहिरोमा पुरियर ज्यान गएको थियो । 

पहिरोमा पुरियर जयान गुमाएका विकका परिवारलाई खाडाचक्र नगरपालिकाका नगरप्रमुख जसि प्रसाद पायडे, वडा नं. ६ का वडा अध्यक्ष जगदिश शाही, नेकपा एमाले पाटिृ उप सचिव कमल बहादुर शाहीले उनको किरीया खर्च स्वरुप नगद ११ हजार सहयोग गरेका छन ।

मृतक विकको घरमै पुगेर उनको क्रिया खर्चका साथै पीडित परिवारको घाउमा मलम लगाउनका लागि भएपनि कृतककी श्रीमतीलाई नगद रकम सहयोग गरेका हुन । उनीहरुले मृतक विकको जयान फिर्ता ल्याउन नसकिने भएपनि परिवारलाई केहि सान्तवना मिल्ने हिसावले आफुहरु घरमै पुगेको र सानो सहयोग गरेको बताएका छन । 

नगर प्रमुख जसि प्रसाद पाण्डेले, स्थानिय सरकार प्रतेक नागरिकहरुको अभिभावक भएको हुँदा अभिभावकमा कोही कसैलाई कुनै समस्या परेमा आफुले तयसमा मलम लगाउने काम गर्दै आएको बताए । उनले मृतक विकको आत्माको चिर सान्तिको कामना गर्दै श्रदान्जली ब्यक्त गरेका छन । 




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर