full screen background image
Search

कालिकोटका सामुदायिक रेडियोहरुद्धारा स‌यूक्त रुपमा बडा दशैँको शुभकाना आदान पर्दान कार्यक्रम सम्पन्न ।।

कालीकोट समचारदाता, २०७६ असोज १५

विजया दशमी तथा शुभदिपावलीको पावन अवसरमा जिल्लामा रहेका रेडीयोहरुद्धारा संयूक्त रुपमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक रेडियोहरुको छाता संगठन अकोराप नेपालका कर्णाली प्रदेश सदस्य जजराज शाहिको अध्यक्षता संविधान सभाका सदस्य तुलाराज विस्टको प्रमुख आतीथ्यता नेकपाका जिल्ला अध्यक्ष धनजीत शाही नेपालि कांगे्रसका पार्टि सभापति हर्ष बहादुर वम, नेकपाका सचिव नगेन्द्र शाहि, नेष्नल, नेपाली काग्रेस क्षेत्र नम्वर २ का पाटि सभापति दमन बहादुर शाहि, खाँडाचक्र नगरपालिका प्रमुख जसि प्रर्साद पाण्डे प्रमुख जिल्ला अधिकारि कृष्णचन्द्र पौडेल रेडियो नेपाली आवाजका अध्यक्ष अशोक नाथ योगी लगायतको उपस्तीथीमा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रमको लक्ष उद्देस्य र स्वागत मन्तब्य राख्दै रेडियो नेपाली आवाजका अध्यक्ष अशोक नाथ योगीले पत्रकार आफु जलेर अरुलाई प्रकास दिने पेशा भएको हुदा द्धन्द्धकाल देखी नै पत्रकारहरुले निस्पक्ष रुपमा कलम चलाउदै आयको बताउनु भयो । उहाँले जसरि आज जिल्लाका मीडीयाहरु एकजुट भएर यक ठाउँमा आयका छन । तेसरि नै विकासका लागी राजनीतीक दलहरु पनि एकजुट भयर लाग्नु पर्ने बताउनु भयो ।
सामुदायिक रेडियो हरुको छाता संगठन अकोराप नेपालका कर्णाली प्रदेश सदस्य जजराज शाहिले राजतन्त्र हटाउन देखि लिएर नेपालमा संघिय लोकतन्त्र ल्याउन सामुदायिक रेडियो हरुको महत्वपुर्ण योगदान रहेको बताउनु भएको छ । सामुदायिक रेडियो चंखेलि एफ एमका अध्यक्ष समेत रहनु भएका शाहिले, नेपालको हरेक क्रन्तिमा सामुदायिक रेडियोले खेलेको भुमिका महत्वपुण रहेको बताउनु भयो । राज सस्था हटाउन देखि लिएर जनताको वहुदलित जनवादमा एैकेवद्धता, १० वर्षे जनयुद्ध हुदै संघिय लोकतन्त्रान्तिक गणतन्त्र ल्याउनमा सामुदायिक रेडियोले महत्वपुण भुमिका खेलेको बताउनु भयो।

यस्तै कार्यक्रममा संविधान सभाका सदस्य तुलाराज विस्टले मिडियाले नेपालका हरेक क्रन्तिमा महत्वपुर्ण सहयोग रहेको बताउनु भयो ।उहाले, अन्यायको विरुद्ध र न्यायको पक्षमा सहि ढंगले कलम चालाउन आग्रह गर्नु भयो । यस्तै नेकपा अध्यक्ष धनजित शाहिले, गा्रमिण क्षेत्र होस वा शहरि क्षेत्रमा रेडियोहरुको महत्वपुण योगदान रहेको बताउनु भयो । यस्ता किसिमका योगदानले, नेपालका हरेक उपलव्धिको श्रेह नेपालका संञ्चार माध्यामहरुले अवश्य लिनु पर्ने बताउनु भयो ।


यस्तै नेकपाका सचिव नगेन्द्र शाहि, नेष्नल, नेपालि कांगे्रसका पाटि सभापति हर्ष बहादुर वम, क्षेत्र नम्वर २ का पाटि सभापति दमन बहादुर शाहि, खाँडाचm नगरपालिका प्रमुख जसि प्रर्साद पाण्डे र प्रमुख जिल्ला अधिकारिले वडा दशै तथा शुभ दिपावलिको सवैलाई शुभकामना दिएका थिए । सामुदायिक रेडियोले गरेको योगदानको चर्चा गदै उनिहरुले,ग्रामीण भेगमा लाग्ने हाटबजार होस या गाउँभरीका किसानका सूचना, जानकारी, आवश्यकता र समस्या रेडियोबाट सजिलै थाहा पाउन सकिने भएकाले सामुदायिक रेडियोको भुमिका अव्वल रहने बताए ।

। आफ्ना स्थानीय सरोकारका कुरा आफ्नै भाषा र लवजमा सुन्न र राख्न पाउनु सहरदेखि गाउँसम्म सूचनाको सहज पहुँच, सामाजिक र परिवर्तनका लागि महत्वपूर्ण अभियानहरु चलाएर विभेदको अन्त्य, सीमान्तकृत समुदायमा आधारित कार्यक्रममा उत्पादन गरि समाजको सन्तुलन र मूल्यमान्यतालाई सशक्तीकरण र विविधीकरण बनाउन सामुदायिक रेडियो नै मुख्य सञ्चार साधन बनेको बताए । अझै नेपालको विकास र सम्वृद्धिमा महत्वपुर्ण भुमिका खुल्नु पर्ने बताएका थिए। सो शुभकामना आर्दान प्रर्दान कार्यक्रमको कालिकोटका सवै रेडियो हरुवाट प्रत्येक्ष प्रर्सारण समेत गरिएको थियो। कार्यक्रमको संचालन रेडियो प्रदेश आवाजका अध्यक्ष रत्न कार्किले गर्नु भएको थियो।



Comments