full screen background image
Search

बाल संरक्षण ( स्टीक र स्टोन) प्रशिक्षक प्रशिक्षण सम्वन्धी ५ दिने तालिमको शोमवार उद्घाटन ।।

कालीकोट समचार दाता,२०७६ असोज १३

प्लान ईन्टरनेस्नल नेपालको आर्थीक सहयोग सामाजिक जागरण तथा विकास प्रतीस्ठान सादा नेपालको अयोजनामा बाल संरक्षण ( स्टीक र स्टोन) प्रशिक्षक प्रशिक्षण सम्वन्धी ५ दिने तालिमको आज उद्घाटन गरियको छ । संस्थाका सुपरभाईजरहरुलाई बालसंरक्षण सम्वन्धी तालिम सहजिकरण गर्ने सिपको बिकाु गर्ने र सहजकर्ताहरु लाई बालबालिका माथी हुने हानीहरु बाट आत्म रक्षाका लागी आवश्यक विधिहरु को प्रयोग र जानकारी गराई बाल संरक्षण तालिम सहजिकरण गर्ने सहजकर्तारुको क्षमता विकास गर्ने र बाल संरक्षण संरचनाहरुको बारेमा जानकारी गराई बाल संरक्षणका सवालमा काम गर्ने प्रेरीभत गर्ने उद्देस्यले सुपरभाईजर, सहजकर्ता, सादा नेपाल संस्थाका कार्यसमिति सदस्य र रास्कोट नगरपाली, सान्नीत्रीवेणी गाउँपालीका र नरहरीनाथ गाउँपालीकाका १ १ जना शीक्षक र १ १ जना शीक्षीकाहरुलाई ५ दिने तालिमको आयोजना गरियको हो ।

सादा नेपाल संस्थाका कार्यकारी निर्देशक अशोक नाथ योगी तालिमको लक्ष्य र उद्देस्य माथी प्रस्ट पार्दै ।।

सादा नेपाल संस्थाका कार्यकारी निर्देशक अशोक नाथ योगी तालिमको लक्ष्य र उद्देस्य माथी प्रस्ट पार्दै ।।

तालिमको उद्देस्यमाथी प्रस्ट पार्दै सादा नेपाल संस्थाका कार्यकारी निर्देशक अशोक नाथ योगीले सहभागीहरुलाई यो तालीम सिक्नका लागी मात्र नभएर विभीन्न क्षेत्रमा सहजिकरण र प्रशिक्षण गर्नका लागी उपयोग हुने बताउनु भयो । ३ वटा पालीकाका शिक्षक र शिक्षीकाहरुको पनि सहभागी गरायर विद्यालयमा वालवालीकाहरुको सहजताका लागी पनि शिक्षकहरुले महत्वपुर्ण भुमीका निर्वाह गर्ने उद्देस्यले तालीममा सहभागी गराएको बताउनु भयो । उहाँले विगत देखि नै यस सादा नेपाल संस्थाले वालवालीकाहरुको क्षेत्रमा विभीन्न कार्यक्रम गर्दै आयको र फेरी पनि वालवालीकाको क्षेत्रमा काम गर्ने अवसर मिलेको भन्दै खुसी ब्यक्त गर्नुभयो । योगीले भन्नुभयो, जती सिक्नु हुन्छ त्यती प्रयोग गर्नुहोस , जति प्रयोग गर्नुहुन्छ त्यती सिक्नुहोस । यो तालिममा सिकेका कुराहरु र ज्ञानलाई बालबालीकाको क्षेत्रमा प्रयोग गर्नुहोस । आजका बालबालीका भनेका भोली देस चलाउने विज्ञ हुन । आज बालबालीकालाई जस्तो शिक्षा दीयो भोली उनले पनि त्यस्तै काम गर्नेछन । उहाँले यो तालिम महत्वपुर्ण भएको बताउदै सहभागीहरुलाई यस विषयमा प्रस्ट भएर जान आग्रह गर्नुभयो ।


आज पहिलो दिन तालिममा बाल संरक्षणको मुख्य विषयवस्तु तथा सवालहरु, बालबालीकाको संरक्षण तषा सहभागीता चक्र, दुब्र्यवहारका प्रकार तथा संरक्षण, उमेर र ब्यक्तीगत विशेषताको प्रभाव, वास्तबिक स्तरमा भएका हिंसाहरु लागयतका विषयमा प्रशीक्षक नेत्रकला शाहीले सहजिकरण गर्नुभएको थियो ।



Comments