full screen background image
Search

तेस्रो प्रेम स्मृती गोल्डकप २०७६ को आईतवार एक कार्यक्रमका विच उद्घाटन ।।

कालीकोट समचारदाता २०७६ असोज १२

55555
तेस्रो प्रेम स्मृती गोल्डकप २०७६ को आज एक कार्यक्रमका विच उद्घाटन गरियको छ । कालीकोट यूथ क्लवका अध्यक्ष सुमन विस्टको अध्यक्षता खाडाचक्र नगरपालीका उपप्रमुख विजया विस्टको प्रमुख आतीथ्यता, प्रमुख जिल्ला अधीकारी कृष्णचन्द्र गौतम, प्रहरि नायव उपरिक्षक श्यामवावु ओलीया नेपाली काग्रेंस जिल्ला कार्यसमीती कालीकोटका सहसचिव दमन शाही, नेपाली काग्रेंस कालीकोटका प्रबक्ता नगेन्द्र विस्ट, पत्रकार महासंघ कालीकोटका उपाध्यक्ष नमराज योगी लगायतका नेता तथा कार्यकर्ता खेलाडीहरु पत्रकारहरुको उपस्थितीमा उद्घाटन गरियको हो ।
तेस्रो प्रेम स्मृती गोल्डकपमा जिल्लाका ९ वडा पालीकाका ९ वटा टीम र एउटा आर्मीकये टीम गरेर जम्म १० टीमले खेलमा सहभागीता जनाउने छन । उद्घाटन कार्यक्रममा स्वर्गीय प्रेम बहादुर शाहीका बुवा नमराज शाही र आमा बसुन्धरा शाहीलाई सम्मान समेत गरियको छ ।
कार्यक्रममा नगर उपप्रमुख विजया विस्टले साथीत्वको भावनामा कालीकोटका यूवाहरुले साथीहरुको पहिचान दीन सफल भएको बताइन । उनले हरेक बर्ष आयोजना गर्दै आयको प्रेम स्मृती गोल्डकपको लागी फील्डको समस्या भएको बताउदै तत्काल फील्ड नीर्माण गर्ने प्रतीबद्धता जनाएकी छन । उनले खेल क्षेत्रको विकासका लागी आफुले र नगरपालीकाले पुर्ण रुपमा सहयोग गर्ने बताइन । उनले भनीन्, आजका खेलाडी भोलीका कालीकोटका चीनारी हुन । खेल क्षेत्रवाट नै कालीकोटको नाम चीनाउने छन । खेलक्षेत्रको विकासका लागी आफुले जुनसुकै सहयोग गर्न पनि तयार रहेको र तेस्रो प्रेम स्मृती गोल्डकप खेल सम्पन्न गर्नका लागी पनि आफुले सहयोग गर्ने बताइन ।
नेपाली काग्रेंस कालीकोटका सहसचिव दमन शाही र प्रमुख जिल्ला अधीकारी कृष्णचन्द्र पौडेलले जिल्लाका ९ वटै स्थानीय तहले खेल क्षेत्रको विकासका लागी र जिल्लाको पहिचानका लागी आवस्यक सहयोग अनीवार्य गर्नुपर्ने बताए । उनीहरुले खेल क्षेत्रको विकासमा लापर्वाही र कुनै पनि निकायले चासो नदीदा जिल्लाका खेलाडी नीरासामा रहेकय जिल्लामा संचालन हुने खेलहरु पनि ओझेलमा परेको बताए । सहसचिव शाहीले खेल क्षेत्रको विकासको लागी नेपाली काग्रेंसले भरपुर्णरुपमा सहयोग गर्ने बताए ।



Comments