full screen background image
Search

जिल्लामा चाडपर्वलाई लक्षित गरि यात्रु सहायता कक्ष स्थापना ।।

कालीकोट समचारदाता, २०७६ असोज १२

जिल्ला प्रहरी कार्यालय कालीकोटले चाडपर्वलाई लक्षित गरि यात्रु सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वको समयमा आफ्नो घर आउने जाने तथा बजारहरुमा भिडभाड हुने भएका कारण यस्ता भिडभाडलाई मध्य नजर गर्दै जिल्लाको जिरोप्वाइन्टमा यात्रु सहायता कक्षको स्थापना गरिएको हो ।

चाडपर्वको समयमा बजार क्षेत्रमा भिडभाड हुनुको साथै सवारी साधनहरुमा लुटपाट तथा गलत क्रियाकलाप नहोस् भन्नका लागि प्रहरी परिचालन समेत गरिएको जिल्ला ट्राफीक प्रहरि कार्यालयले जनायको छ । चाडपर्वको नाममा जुवातास खेल्ने, मदिराको प्रयोग गरि होहल्ला गर्ने यात्रु माथी हुन सक्ने अभद्र ब्यवहार, यात्रु ठगीने, लगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायत कक्ष स्थापना गरियको प्रहरि प्रमुख डिएसपी श्यामवावु ओलीयाले बताउनु भयो । विजयादशमी तथा शुभदीपावली पर्वलाई मध्यनजर गरि सहायता कक्ष स्थापना गरियको र यात्रुलाई कुनै पनि पीर मर्का पर्न नदीने डीएसपी ओलीयाले बताउनु भयो ।
उहाँले यात्रुहरुले पनि केही सावधानी आफै अपनाउन आग्रह गर्नुभयो । सवारी साधनमा यात्रा गर्दा आफ्नो सर सामानहरुको बारेमा चालक तथा सहचालकलाई जानकारी गराउने, मादक पदार्थ सेवन गरेर सवारीमा यात्रा नगर्ने,सवारी तीव्र गतीमा नचलाउन आग्रह गर्ने, मुल्यवान बस्तु लगायर यात्रा नगर्ने जस्ता कुरामा सावधानी अपनाउन आग्रह गर्नुभयो ।

यात्रु सहायता कक्षमा यातायातका साधन चल्ने समयसम्म प्रहरिले यात्रुहरुको सुरक्षा गर्ने उहाँले बताउनु भयो । उहाँका अनुसार आफ्नो यात्राका लागी थाहा नभएको स्थान,भाडादर,सवारी साधन छुट्ने जस्ता समस्या यात्रुहरुले सहायता कक्षमा सोध्न सकीने छ । जिल्ला प्रहरि कार्यालय र जिल्ला ट्राफीक कार्यालयले यात्रुहरुको सहजताका लागी सहायत कक्ष स्थापना गरियको ओलीयाले बताउनु भयो ।
यात्रुहरुविच सवारीचालकहरुले लापरवाही वा अन्य दुख दीने काम गरेमा उजुरी गर्न सक्ने ब्यबस्था समेत गरियको छ । सहायता कक्षले दुर्घटनावाट बच्नुका साथै यात्रुहरुलाई विभीन्न स्थानको विषयमा पनि जानकारी हुने छ । सहायत कक्षको उद्घाटन गर्दै डीएसपी ओलीयाले सवारी साधन चलाउनु पुर्व सहायता कक्षमा यात्रु संख्या, नाम र ठेगानाको अभीलेख अनीवार्य राख्नु पर्ने बताउनु भयो ।
दुर्घटनाबाट आफु पनी बाचौँ, अरुलाई पनी बचाऔँ, असल चालकको कर्तव्य पालन गरौ भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यालय कालीकोटले यात्रु सहायक कक्ष आजदेखी सञ्चालनमा ल्याएको हो । प्राय सवारी साधनमा गाडीको छतमा चड्ने, अप्ठारो बाटोमा सिट भन्दा बढि यात्रु राख्ने, गती सिमीत नगरेर हुने दुर्घटना, चालकको अस्वभाविक हर्कत तथा क्रियाकलापलाई दुरुत्साहन गर्ने जस्ता विषयलाई ध्यानमा राखी प्रहरीले यात्रु सहायता सञ्चालनमा ल्याएको जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।

७ जना सवारी चालकलाई सम्मान,

७ जना सवारी चालकलाई सम्मान,

साथै लामो दुरीका ७ जना सवारी चालकलाई फुलमाला सहीत दोसल्लाले सम्मान समेत गरियको छ । उनीहरुले लामो दुरीमा यात्रुहरुलाई सहज तरीकाले गन्तब्यमा पुगायको भन्दै सम्मान गरेको हो ।



Comments