full screen background image
Search

नेपाल शिक्षक संघ कालीकोटको आयोजनामा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम मान्ममा सम्पन्न

कालीकोट समचारदाता,२०७६ असोज ११

नेपाल शिक्षक संघ कालीकोटको आयोजनामा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम मान्ममा सम्पन्न भएको छ ।नेपाल शिक्षक संघ कालिकोटका सचिप बुदिसिंह बिस्टको सभापपतित्वमा र नेपाली कांग्रेस कालीकोटका पाटि सभापति हर्ष ब बमको प्रमुख आतिथ्यतामा नजिकिदै गरेको विजया दशमि तथा सुभदिपावलीको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा शुभकामना मन्तव्य नेपाल रास्टिय शिक्षक संगठनका पुर्व अध्यक्ष दुर्ग ब.शाही,नेविसंघका सचिप सविन विष्ट,निमार्ण व्यवसाहि संघका केन्द्रिय सदस्य तारा शाही,नेपाल रास्टिय शिक्षक संगठनका जिल्ला सचिप संकर प्रसाद न्यौपाने,नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य तथा लोकतान्त्रिक गैसस महाँसंघका केन्द्रिय उपाध्यक्ष अशोकनाथ योगीले नेपालका शिक्षकहरुको पिडा थुप्रै खालका हुदा हुदै पनि अहिलेको स्थानिय सरकारका जनप्रतिनिधि र पुर्व नेकपाका शिक्षेकहरुले अरुपाटिका शिक्षेकहरुलाई निति,नियम विपरित सुरुवा गर्ने,आफ्ना पाटिका शिक्षेकहरुको मात्र वर्चस्व कायम गर्न खोज्ने,नियमित विद्यालयमा नजाने लगायतका धेरै कामहरुमा मनोमानि गरेकोले यसलाई तत्काल सच्यायर लिनप्रर्ने भन्दै सबै नेपालीहरुको महाँन प्रर्वको विजयादशमिको शुभकामना सन्देश समेत दिनुभएको थियो ।
यस्तै कार्यक्रममा नेपाली काग्रेसका नेता दान बहादुर बम,वरिस्ट नेता अम्म बहादुर शाही,नेता हिक्मत विष्टले नेपाल सरकारले कैलेइपनि शिक्षेकहरुको हकहितमा कुनैपनि चासो नदियको र आफ्ना हकहितका लागी शिक्षेक आफैले आफै आन्दोलन गरेर हकअधिकारहरु खोज्नु प्रर्ने वाध्यता जिउका तिउ रहेको वतायका छन ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका पाटि सभापति हर्ष बहादुर बमले जोसुकै शिक्षेकहरुले आस्ता र विचारका आधारमा काम गर्न पायो तर विद्यालय समयमा विहान दश देखी बेलुका ४ वजे सम्म अनिवार्य विद्यालयमा पढाउनु प्रर्ने त्यो शिक्षेकहरुको कर्तव्य रहेको वताउदै कालिकोटमा धेरै खेताला शिक्षेकहरु रहेको र विद्यालयको काममा भन्दापनि वढी राजनितिमा सक्रिय हुने शिक्षेकहरुले राजनिति गर्न रहर छ भने राजिनामा दियर प्रतक्ष राजनिति फिल्डमा आय हुने वताउनु भयो । राजनितिको नाममा सरकारी विद्यालयमा पढिरहेका वालवालीकाको भविश्यमाथि खेलवाड गर्ने अधिकार कसैसग नरहेको वताउनु भयो ।
शुभकामना आदान प्रदान कार्यक्रममा नेपालि कांग्रेस कालिकोटका नेता विश्नु वहादुर शाही,महाँधिबेसन प्रतिनिधि मान बहादुर रोकाया,पाटि प्रबक्ता तथा नेता नगेन्द्र ब.बिस्ट,सहसचिप दमन ब.शाही,नेता नमराज वम,सुमित्रा वम,सास्कृतिक महिला संघका केन्द्रिय सदस्य भावना कुमारी शाही,शिक्षेक संघका सुरेन्द्र बहादुर शाही लगायतका अतिथीहरुको सहभागितामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको स्वागत मन्तव्य नेपाल शिक्षेक संघका तर्फवाट मिन बहादुर रावलले राख्नुभएको थियो भने कार्यक्रमको संचालन तपेन्द्र महताराले गर्नुभएको हो ।



Comments