full screen background image
Search

नगरउपप्रमुख शाहीद्धारा छोरीको जन्मदीनमा विपन्न परिवारलाई लत्ताकपडा र खाद्यन्न हस्तान्तरण ।।

कालीकोट समचारदाता ,२०७६ असोज ११

रास्कोट नगरपालीका नगर उपप्रमुख मीम्सरा बम शाहीले आफ्नी छोरीको जन्मदीनमा गरिव विपन्न परिवारलाई लत्ताकपडा र खाद्यन्न सामान हस्तान्तरण गर्नुभयको छ । कालीकोट जिल्ला रास्कोट नगरपालीका वडा नं १ नीवासी ७ बर्षीय छोरी दिपिका शाहीको जन्मदीनको अवसरमा रास्कोट नगरपालीका वडा नं ८ की विपन्न तषा एकल महिला कृषना लुवारलाई खाद्यन्न तथा लत्ताकपडा प्रदान गर्नुभएको छ ।
दिपिकाका बुबा हीक्मत शाही र आमा मिम्सरा बम शाहीले संयूक्त रुपमा लुवारलाई लत्ताकपडा र खाद्यन्न हस्तान्तरण गरेका हुन ।

रास्कोट नगरपालीकाकी उपप्रमुख मिम्सरा शाहीले जन्मदीनको अवसरमा अनाबस्यक खर्च गर्ने संस्कारलाई दुरतसाहन गर्न आफुले यो कदम चालेको बताउनु भयो । उहाँले भन्नुभयो, आजका वालवालीका भविस्यका कर्णदार हुन । उनीहरुलाई अधीकतम मानब हीत र समाजमैत्री संस्कृतीमा हुर्काउन जरुरी छ । समाजमा हुर्कीदै गरेका उत्तरआधुनीक गलत संस्कारवाट नयाँ पुस्तालाई टाढा राख्नु पर्ने शाहीको भनाई छ ।
बालीकाका बुबा हिक्मत शाहीले गरिब परिवारलाई केहि दिनका लागी भए पनि आफ्नो तर्फबाट चुल्हो बलोस भन्ने आसयले असहाय महिलालाई सहयोग गरेको बताउनु भयो । छोरीकै सहमतीमा गरिब र असहाय परिवारलाई सहयोग गरेको उहाँले बताउनु भयो । दर्शै तीहार नजीकीदै गर्दा विपन्न तथा गरिब परिवारको एक छाक टार्न भएपनि यो सानो सहयोग गरेको बताउनु भयो ।



Comments