full screen background image
Search

जिल्लामा पहिलो पटक ब्याटमीन्टन खेल संचालन,

कालीकोट समचारदाता,२०७६ असोज ७

कालीकोट जिल्लामा पहीलो पटक ब्याटमीन्टन खेलको प्रतीयोगीता गरियको छ । स्वास्थ्यका लागी खेलकुद रास्टका लागी खेलकुद भन्ने मुल नारामा साथ विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा जिल्ला ब्याटमीन्टन संघद्धारा जिल्ला स्तरीय खुल्ला ब्याटमीन्टन प्रतीयोगीताको मंगलवार एक कार्यक्रमका विच उद्घाटन गरियको छ ।


उद्घाटन कार्यक्रममा जिल्ला ब्याटमीन्टन संघका अध्यक्ष भरत राज विस्टको अध्यक्षता संविधान सभा सदस्य तुलाराज विस्टको प्रमुख अतीथ्यता,जिल्ला समन्वय समिति प्रमुख अनीपाल शाहीको विसेस आतीथ्यता खाडाचक्र नगरपालीका उपप्रमुख विजया विस्ट,नेकपाका जिल्ला अध्यक्ष धनजित शाही,नेपाली काग्रेंस कालीकोटका पार्टी सहसचीव दमन बहादुर शाही लगायतका नेता तथा कार्यकर्ता,सरोकारवाला ब्यक्तीहरु,पत्रकार लगायतको उपस्थितीमा उद्घाटन गरियको हो । प्रतीयोगीतामा विभीन्न निकायवाट ११ वटा समुह दर्ता भएका छन । ११ वटा समुहवाट प्रथम हुनेलाईे पुरस्कार खसीको ब्यबस्था गरियको छ ।

उद्घाटन कार्यक्रममा खाडाचक्र नगरपालीका उपप्रमुख विजया विस्ट,नेकपाका जिल्ला अध्यक्ष धनजित शाही,नेपाली काग्रेंस कालीकोटका पार्टी सहसचीव दमन बहादुर शाहीले जिल्लामा पहिलो पटक ब्याटमीन्टन खेलको प्रतीयोगीता गरेर ब्याटमीन्टन खेललाई संरक्षण गर्न लागेको भन्दै खुसी ब्यक्त गर्नुभयो । उहाँहरुले जिल्लामा ब्याटमीन्टन खेलको नाम पनि अहीले सम्म सुन्न नपायको अवस्थामा पहीलो पटक ब्याटमीन्टन संघ गठन गरेर खेलको प्रतीयोगीता आयोजना गर्ने आयोजक टीमलाई धन्यवाल प्रकट गर्नुभएको छ । ब्याटमीन्टन खेलको विकासका लागी नगरपालीका र राजनीतीक तवरले पनि कुनै समस्या आउन नदिने बताउनु भयो ।


कार्यक्रमका विसेस अतिथि अनीपाल शाहीले जिल्लामा सर्वप्रथम भलीवल भन्ने खेलमात्र सुनेका र खेल देखेका थीयौँ । पहीलो पटक ब्याटमीन्टन खेल देख्न पायका छौ । जिल्लामा पछील्लो समय यूवाहरुले खेलक्षेत्रप्रती चासो देखाय अनुरुप आज जिल्लामा पहिलो पटक ब्याटमीन्टन खेल देख्न पायको बताउनु भयो । ब्याटमीन्टन खेलको विकासका लागी र खेलाडीको मनोवल बढाउनका लागी जिल्ला समन्वय समितिको तर्फवाट पुरा सहयोग गर्ने प्रतीवद्धता जनाउनु भयो ।

विगतमा आफुहरुले पनि विद्यालयमा भलीवल खेल मात्र खेल्दै आयको र ब्याटमीन्टन खेलको कुनै नीयम पनि थाहा नपायको प्रमुख अतिथि तुलाराज विस्टले बताउनु भयो । आधुनीक यूग सँगै जिल्लामा रहेका खेलप्रती चासो देखाउने यूवाहरुले ब्याटमीन्टनको खेलको सुरुवात गरेको बताउनु भयो । खेलक्षेत्रको विकासका लागी आफुले गर्न सक्ने सहयोग पुर्ण रुपमा गर्ने बताउदै खेलक्षेत्रबाट नै कालीकोटको नाम उच्च वनाउन खेलाडीहरुलाई आग्रह गर्नुभयो ।


उद्घाटन कार्यक्रमको समापन गर्दै अध्यक्ष भरत राज विस्टले जिल्लामा पहिलो पटक ब्याटमीन्टन खेलको सुरुवात गरेको बताउनु भयो । सबैको साथ र सहयोग मीलेमा खेलक्षेत्रको विकास गरेर जिल्लाको नामलाई उचो बनाउने बताउनु भयो । उहाँले भन्नुभयो, हामीले पहिलो पटक पाइला चालेका छौ । गन्तब्य पुग्ने अवसर खोजीरहेका छौ । त्यो अवसरमा पुग्न सम्पुर्णले सहयोग गर्नुपर्ने आवस्यकता औल्याउनु भयो ।



Comments